बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठराजनीतिप्रधानमन्त्री देउवा अघि अघिः केपी ओली पछि पछि…

प्रधानमन्त्री देउवा अघि अघिः केपी ओली पछि पछि…


कार्तिक ७ । पूर्वका विभिन्न जिल्लामा बेमौषमी झरीले निम्त्याएको विनासलिला अनुगमन तथा निरिक्षण गर्न प्रधानमन्त्री शेरवहादुर देउवा आज त्यसतर्फ लागेका छन् ।

अनि पूर्व प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पार्टी महाधीवेशन केन्द्रित कार्यक्रममा सहभागी हुन आजै झापा पुगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा आज पूर्वको सुनसरी, मोरङ, इलाम र पाँचथरमा बाढी–पहिरोले पु¥याएको क्षतिको निरीक्षण गरेर फर्किने देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।

प्रधानमन्त्री देउवा पूर्वी जिल्लाको क्षति निरीक्षण सकेर आजै साँझ काठमाडौं फर्कने कार्यक्रम छ । यसअघि बिहीबार र शुक्रबार प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोले पु¥याएको क्षतिबारे निरीक्षण गरेका थिए ।

यस्तै, एमालेका अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रममका सहभधागी भएर दुई दिन पछि राजधानी फर्किने कार्यक्रम छ भने प्रधानमन्त्री देउवा आजै हवाई तथा स्थल निरिक्षण गरेर काठमाडौ फर्किने छन् ।

ओलीसँगै स्थायी समिती सदस्यहरु सुवासचन्द्र नेम्वाङ, लेखराज भट्ट र केन्द्रीय सदस्य प्रभू साह पनि झापा गएका छन । पूर्व निर्धारित कार्यक्रम अनुसार ओली आज विहान १० बजे यती एअरलाइन्सको काठमाडौं–भद्रपुर (झापा) को उडानबाट झापा प्रस्थान गरेका हुन् ।

ओलीले आज दिउँसो १ देखि १ः३० सम्म विर्तामोडस्थित सिटी सेन्टरमा झापा जिल्ला कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गर्दै सम्बोधन गर्ने र आजै साँझ मेची क्राउन होटलमा अगुवा कार्यकर्तासंग भेटघाट गर्ने कार्यक्रम छ ।

भोली बिहान आफ्नो निर्वाचन क्षेत्र झापा ५ को गौरादह नगरपालिका ५ महारानी झोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको अध्यक्ष ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै दिउँसो १२ बजे सिमावर्ती गौरीगञ्ज बजारमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ओली सहभागी हुनेछन । दसैं, तिहार,नेपाल सम्वत्, छठ लगायतका पर्वहरुको अवसरमा स्थानीय पार्टी कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो । यो ठाउँ अध्यक्ष ओलीको निर्वाचन क्षेत्र हो ।

त्यहाँ पार्टीका पुराना कार्यकर्ता र आफूलाई भूमिगतकालमा आश्रय दिने आश्रयदाता र उनीहरुका परिवारसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै भोलि साँझ ५ः३० बजे विराटनगर स्थित होटल हेरिसनमा पार्टी प्रवेश कार्यक्रममा ओली सहभागी हुनेछन । अध्यक्ष ओली ९ गते बिहान काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!