बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठराजनीतिएमाले सिन्धुपाल्चोकः ९५ वडामा अधिवेशन सम्पन्नः ८ वडामा अनिश्चित

एमाले सिन्धुपाल्चोकः ९५ वडामा अधिवेशन सम्पन्नः ८ वडामा अनिश्चित


चौतारा । सिन्धुपाल्चोकमा नेकपा एमालेको वडा अधिवेशन ९५ वडामा शनिवार एकैदिन सम्पन्न भएको छ । कुल १०३ वडा रहेको जिल्लामा ८ वडाको अधिवेसन हुन बांकी छ ।

नेकपा एमाले जिल्ला अध्यक्ष झम्क नेपालका अनुसार बांकी वडामा यही कार्तिक १३ गतेभित्र गरीसक्ने तालिका छ । शनिवार भोटेकोशी र जुुगलका २÷२ वडा, बाह्रविसे नगरपालिका, लिसंखु पाखर, हेलम्बु र बलेफी गाउँपालिका भित्रका एक एक वडामा अधिवेशन रोकीएका छन् ।

यस बाहेक चौतारा सागाचोकगढी, मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल, इन्द्रावती, त्रिपुरासुन्दरी, सुनकोसीका गाउँपालिकाका बांकी सबै वडामा अधिबेशन बाट नेतृत्व चुनिएको नेपालले बताए ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!