शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिआज ७५३ वटै स्थानीय तहका वडामा एमालेको अधिवेशन

आज ७५३ वटै स्थानीय तहका वडामा एमालेको अधिवेशन


कार्तिक ६ । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन कार्यतालीका अन्तर्गत आज मुलुकभर वडा स्तरका अधिवेशन हुँदै छन् । वडा अधिवेशनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन तथा सम्वोधन गर्ने कार्यक्रम छ । त्यसैले एमालले आजको अधिवेशन इन्टरनेट पहुँच भएका स्थानमा गर्न र पार्टी अध्यक्षको संवोधनलाई ‘डिस्प्ले’ गर्न परिपत्र गरेको छ ।

एमालेको आज शनिबारदेखि सुरु हुने वडा अधिवेशनमा ७५३ वटै स्थानीय तहका वडाहरुमा भर्चुअल माध्यमबाट उद्घाटन हुने भएको छ । करिब साढे छ हजार वडामा इन्टनेटको पहूँच भएका सबै वडालाई केन्द्रीय कार्यालयको ‘वार रुम’ मा जोडेर अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने व्यवस्था मिलाईएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

तामाङका अनुसार यसविधिबाट करिब ३ लाख कार्यकर्ताले अध्यक्ष ओलीको शुभकामना सन्देश प्रत्यक्ष हेर्न मिल्नेछ । केन्द्रीय कार्यलयबाट जारी सर्कुलरमा शुक्रबार सबै स्थानीय तहमा लिङ्क पठाइसकिएको छ ।

केन्द्रमा वडा उद्घाटनको ब्यानर राखिनेछ भने मञ्चमा केन्द्रीय नेताहरु रहेनछन् । जारी गरिएको सर्कुलर अनुसार प्रत्येक वडामा सकेसम्म भौतिक उपस्थितिमा व्यापक कार्यकर्ता उतार्न निर्देशन समेत दिएको छ ।

एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा भएको र बाढी पहिरोबाट प्रभावित जिल्लाहरुमा भने अधिवेशन केहि दिनपछि हुने जनाएको छ । महाधिवेशन तालिका अनुसार कात्तिक ९ गते सबै पालिका स्तरमा अधिवेशन हुने एमालेका कार्यालय सचिव शेरवहादुर तामाङले बताए ।

तामाङका अनुसार, केन्द्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बस्ने छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।

चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ । एमालेको स्थायी कमिटीको शुक्रबारको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नाका साथै समितिका केही सदस्य थप गरेको छ ।

बैठकमा १० बुँदे प्रस्ताव कार्यान्वयन सहजीकरण कार्यदलका संयोजक डा भीमबहादुर रावलले १० बुँदे प्रस्तावको पूर्ण कार्यान्वयन नभएकामा असन्तुष्टि जनाउँदै संयोजक पदबाट आफूले राजीनामाको घोषणा गरिसकेका छन् ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै रावलले आफूले उक्त प्रस्ताव कार्यान्वयनका लागि सुझाव सहितको प्रतिवेदन दिएकामा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेको भावना विपरीत धारणा राखेकाले लिखित राजीनामा दिएको जनाएका हुन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!