शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिएमालेको मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन स¥यो

एमालेको मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन स¥यो


सिन्धुपाल्चोक (मेलम्ची) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आन्तरिक तयारी नपुगेको भन्दै कार्तिक ९ गते गर्ने भनिएको मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन सारेको छ ।

आयोजक कमिटीको मेलम्ची बजारमा बसेको पुर्ण बैठकले गरेको निर्णय अनुसार, कार्तिक १३ गते मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन हुने छ ।

नेकपा एमालेले १० औं महाधिवेशनको तालिका अनुसार देशभर नगर अधिवेशन कार्तिक ९ गते गर्ने निर्णय गरेको थियो । तर मेलम्चीमा भने ४ दिन पछि सरेको नगर संयोजक तथा मेयर डम्बरबहादुर अर्यालले जानकारि दिएका छन् ।

अर्यालले आन्तरिक तयारी तथा बेमौषमी झरिका कारण निम्तिएको विपत्तीका कारण नगर अधिवेशन सरेको हो । अर्यालले अधिवेशन व्यवस्थित पार्न सात उप–समिति गठन गरिएको र अधिवेशनले मेलम्ची नगरमा पार्टीको बैधानीक नेतृत्व चयन गर्ने बताएका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!