शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिप्रदेश १ मा पनि राजनीतिक संकटः को बन्ला मुख्यमन्त्री ?

प्रदेश १ मा पनि राजनीतिक संकटः को बन्ला मुख्यमन्त्री ?


कार्तिक ५ । राजनीतिक स्वार्थ र संसदीय अंकगणितमा फसेर अहिलेसम्म प्रदेशको नाम समेत राख्न नसकेको प्रदेश नम्बर १ को प्रदेश सभाले पुनः नयां मुख्यमन्त्री चुन्नुपर्ने देखिएको छ ।

यो प्रक्रिया आज बस्ने प्रदेश सभा बैठक बाटै अघि बढ्ने छ । प्रदेश सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको प्रदेश सभा बैठकमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि प्रस्ताव टेबल गर्ने कार्यसूची छ ।

संविधानमा भएको व्यवस्था अनुसार, दल विभाजन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ । तर मुख्यमन्त्री आचार्यले ४३ औँ दिनमा विश्वासको मत लिने प्रस्ताव बल्ल टेबल गर्दैछन् ।

प्रदेश १ मा अहिलेको विपक्षी गठबन्धनसँग ५० जना सांसद रहेका छन् भने सत्तारुढ एमालेसँग सभामुख सहित ४१ जना मात्र सांसद रहेका छन् ।

बहुमत पु¥याउन ४७ जना सांसदको समर्थन आवश्यकता पर्छ । अहिलेको अंक गणित् अनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत नपाउने स्पष्ट देखिएको छ ।

सरकारको नेतृत्व गरेको दल बिभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संविधानको व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले असोज २५ गते प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराए पनि सूचना टाँस गरेर संसद बैठक कात्तिक ५ गतेसम्मका लागि स्थगित भएको थियो ।

सोही प्रस्ताव आजको बैठकमा पेश हुने कार्यसूचीलाई अन्तिम रुप दिन सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सरकार गठन हुँदै स्पष्ट अल्पमतमा रहेको र अहिले पनि ९२ सदस्य कायम रहेको प्रदेशसभामा सरकारको पक्षमा सभामुखबाहेक ४० जनाको मात्र समर्थन देखिएको छ । विपक्ष गठबन्धनमा स्पष्ट बहुमत देखापरेपछि सरकारले विभिन्न बहानामा विश्वासको मत लिने समय घकर््याउँदै आएको आरोप छ ।

सरकारले आजै विश्वासको मत लिने अनुमान गरिएको भएपनि सभामुखले केही विपक्षी दलका नेताहरुलाई आज प्रस्ताव पेश गरेर आइतबार मतदान गराउने प्रस्ताव गरेकाले आइतबार मतदान गर्ने प्रस्ताव गरेकाले आचार्य आईतवार नै पदमुक्त हुने अवस्था छ ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने र उपधारा ३ मा तत्काल कायम रहेको संसद्को बहुमतबाट पारित नभए मुख्यमन्त्री पदमुक्त हुने उल्लेख छ ।

तर आचार्य पदमुक्त भएपछि को मुख्यमन्त्री भन्नेमा विपक्षी गठबन्धन भित्रै सहमति जुटेको छैन ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!