शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिमाओवादीको ३२ विभाग र प्रतिष्ठान प्रमुख तोकिए (सूची सहित)

माओवादीको ३२ विभाग र प्रतिष्ठान प्रमुख तोकिए (सूची सहित)


काठमाडौँ, कात्तिक ४ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले विभिन्न विभाग र प्रतिष्ठान प्रमुख तोकेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुङ्गो लगाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन् ।
जसमा अर्थ तथा योजना विभागका प्रमुखमा वर्षमान पुन रहेका छन् भने उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभागका प्रमुखमा मातृका प्रसाद यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, कोष तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, खानेपानी तथा सरसफाइ विभागको प्रमुखमा बिना मगर तोकीएको छ ।

जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानुन, न्याय तथा मानवअधिकार विभागमा मुक्ति प्रधान, पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभागमा झक्कुप्रसाद सुवेदी, प्रचारप्रसार तथा प्रकाशन विभागमा कृष्णबहादुर महरा, प्रादेशिक मामिला विभाग प्रमुखको जिम्मेवारी परशुराम तामाङलाई दिईएको छ ।

स्कुल विभागमा प्रमुख गिरिराजमणि पोखरेल तोकीएको र स्कुल विभागको इन्चार्जमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैं बसेको प्रवक्ता महराले बताए ।

पुस्तकालय तथा अभिलेख विभागमा नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा हरि अधिकारी, युवा तथा खेलकुद विभागमा गणेशमान पुन, राजकीय मामिला तथा सुशासन विभागमा रेखा शर्मा, वन तथा वातावरण विभागमा शक्ति बस्नेत, विज्ञान तथा प्रविधि विभाग गणेश साह र विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ तोकीएका छन् ।

यस्तै शिक्षा तथा मानव स्रोत विभागमा मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभागमा रामेश्वर राय यादव, सङ्गठन विभागमा जनार्दन शर्मा, सङ्घीय संसदीय विभागमा देवप्रसाद गुरुङ, समाज कल्याण विभागमा सत्या पहाडी, सहकारी तथा गरिबी निवारण विभागमा धर्मदत्त देवकोटा, सहरी विभागमा देवेन्द्र पौडेल, सामान्य प्रशासन विभाग टेकबहादुर बस्नेत, साहित्य, कला तथा संस्कृति विभागमा गोपाल ठाकुर, स्थानीय तथा विकास विभागमा उर्मिला अर्याल र स्वास्थ्य तथा जनसङ्ख्या विभागमा कल्पना धमला संयोजक तोकिएका छन् ।

सबै विभागमा बढीमा ३५ जना सदस्य रहनेछन् । बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको पनि गठन गरेको छ । प्रतिष्ठानको अध्यक्षमा रामचन्द्र झा रहेका छन् । बैठकले डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समिति समेत गठन गरेको छ । राजधानीमा रहेका विभिन्न प्रदेशका पार्टी सदस्यलाई सङ्गठित गर्ने उद्देश्यले सम्पर्क कमिटीको गठन गरिएको माओवादीले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!