शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिएमाले चुनावी रणनीति बनाउंदैः माओवादी अर्लि इलेक्सनको कित्तामा

एमाले चुनावी रणनीति बनाउंदैः माओवादी अर्लि इलेक्सनको कित्तामा


कार्तिक ४, काठमाडौ । शेरवहादुर देउवा नेतृत्वको सरकारको एक सय दिनको कामको समिक्षा र पार्टीको भावी रणनीति बारे आज नेकपा एमाले र सत्तारुढ माओवादी केन्द्रले स्थायी कमिटी बैठकमा छलफल गर्दैछन् ।

नेकपा एमालेको कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार एमालेको स्थायी कमिटी बैठक दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्नेछ । एमालेले बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको छ । विवरण अनुसार एमालेको मुख्य एजेण्डा आगामी महाधिवेशन र संभावित अर्लि ईलेक्सनको रणनीति रहेको छ ।

नेकपा एमालले मंसिर १० देखि १२ सम्म पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन गर्ने तय गरिसकेको छ । जसअनुसार ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदैछ ।

आजको बैठक यही विषयमा केन्द्रित रहने नेताहरूले जानकारी दिएका छन् । राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेशलाई बैठकको एजेण्डा बनाइएको छ ।

संगै, बैठकमा वर्तमान सरकारको कामको समिक्षा गरेर जनताको बीचमा कसरि प्रस्तुत हुने भन्ने विषय समेत रहेको नेता तामाङले सिन्धु खवरलाई जानकारी दिए ।

आजको बैठकमा असोज अन्तिम सातादेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परि झण्डै एक सय जनाको मृत्यु भएको र कृषकले ठूलो नोक्सानी व्यहोर्नुपरेको विषयमा समेत एमालले छलफल गर्दैछ ।

यसैबीच सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पनि सरकारको कामको समिक्षा र पार्टीको भावी रणनीति बारे छलफल सुरु भएको छ ।

अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिस डांडामा विहिवार विहानैबाट सुरु बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समिक्षा हुनुको साथै संगठन विस्तार र पार्टीको महाधिवेशनको बारेमा छलफल हुने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

जारी वैठकमा माओवादी अध्यक्ष दाहालले सरकारको प्रभावकारीता माथि जनस्तरबाट प्रश्न उठिरहेको भन्दै सत्तागठबन्धन भित्र अर्ली इलेक्सनको विषयमा छलफल चलाउने प्रस्ताव गरेको बताइएको छ ।

बुधवार प्रधानमन्त्री शेरबहादुर देउवा र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसंग छलफल भई सकेको र अर्लि इलेकसनमा जानुको विकल्प नरहेको प्रस्ताव प्रचण्डले बैठकमा गरेका छन् ।

माओवादी अर्लि इलेक्शन भएको खण्डमा तीनै तहका चुनाव एकै पटक गर्नुपर्ने पक्षमा रहेको बताइन्छ । आजको बैठकमा यो विषयमा माओवादीले औपचारीक छलफल नै गरेको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!