आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीति‘तरुण अध्यक्ष लामामाथि गरिएको कार्य अमानवीय’

‘तरुण अध्यक्ष लामामाथि गरिएको कार्य अमानवीय’


चौतारा । नेपाल तरुण दलका अध्यक्ष दोर्जे लामामाथि गरिएको निन्दनीय कार्यप्रति कांग्रेस सिन्धुपाल्चोकका भातृ संस्थाहरुले आपत्ति जनाएका छन् । केही दिनअघि बाह्रविसेमा तरुण अध्यक्ष लामाको चरित्र हत्या गर्ने गरि गरिएको गैर जिम्मेवार पूर्ण कामप्रति कांग्रेसका विभिन्न भातृसंस्थाहरुले ध्यानाकर्षण गरेका हुन् ।
विभिन्न भातृ संस्थाले प्रेस विज्ञप्ति जारी गर्दै संगठनप्रति जिम्मेवार रहेका अध्यक्ष लामामाथि विभिन्न तथ्यहीन र भ्रामक आरोप लगाएको संस्थाहरुले जनाएका छन् । नेपाली कांग्रेसका भातृ संस्था सिन्धु–काठमाण्डौं सम्पर्क समिति, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ र तरुण दल १ नं. क्षेत्रीय समितिले सयूक्त प्रेस विज्ञप्ति जारी गर्दै लामामाथि गरेको काम निन्दनीय रहेको जनाएका हुन् ।
सो विज्ञप्तिमा समितिका अध्यक्ष सोनाम थिङ, महिला संघकी अध्यक्ष गीता नेपाल, विद्यार्थी संघका अध्यक्ष दावाग्याल्बो लामा र तरुण दलका क्षेत्रीय अध्यक्ष जयचन्द्र लामाले हस्ताक्षर गरेका छन् । संठगनहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘पार्टीको आन्तरिक जीवनमा सहमति, असहमति स्वभाविक हुन सक्छ । तर, महाधिवेशनको पूर्व सन्ध्यामा सुनियोजित ढंगले लामाको जसरी बदनाम गराउने प्रयास गरियो यसलाई सामान्य घटना मान्न सकिदैन ।’
विज्ञप्तिमा पार्टी र भातृ एवं सुभेच्छुक संस्थाका नेताहरु विरुद्ध नियोजित र योजनाबद्ध ढंगबाट सञ्चालित यस्ता अवाञ्छित र निच क्रियाकलापलाई तत्काल रोक्न चेतावनी दिदैं अन्यथा आवश्यक कानुनी उपचार सँगै सशक्त प्रतिकारका उत्रन बाध्य हुनेसमेत विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष लामालाई महाधिवेशन नजिकिँदै गर्दा बजारमा उनी विरुद्ध पोष्टर टाँसिएको थियो । पोष्टरमा लामाकाे चरित्र हत्या गर्ने किसिमका कुराहरु उल्लेख गरिएको थियाे  ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!