आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिरामेछाप कांग्रेसको सभापतिमा कान्छाराम तामाङ निर्वाचित

रामेछाप कांग्रेसको सभापतिमा कान्छाराम तामाङ निर्वाचित


असोज १८, रामेछाप । नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापतिमा कान्छाराम तामाङ निर्वाचित भएका छन् । जिल्ला सभापतिका लागि तीन जना उम्मेदवार रहेकोमा पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि सोमबार दोस्रो चरणको चुनावको तयारी थियो ।

तर पुनः मतदान प्रक्रिया सुरु हुनै लाग्दा पहिलो चरणमा सबैभन्दा बढि मत ल्याएका कान्छाराम तामाङलाई दोस्रो बढि मत पाएका लबश्री न्यौपानेले समर्थन गरेपछि तामाङ निर्वाचित् भएका हुन् ।

पहिलो चरणमा तामाङले ६६८ मत पाएका थिए भने उनका निकटम प्रतिस्पर्धी न्यौपानेले ३५६ र अर्का उम्मेदवार कृष्णबहादुर महतले ३२८ मत पाएका थिए ।

दोस्रो चरणमा पहिलो र दोस्रो हुनेबीच निर्वाचन हुने कांग्रेस विधानको व्यवस्था छ । दोस्रो मत पाएका न्यौपानेले समर्थन गरेपछि तामाङ सर्वसम्मत सभापति निर्वाचित भएका हुन् । पार्टी संस्थापन समूह तामाङ पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका आधिकारीक उम्मेदवार समेत हुन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!