आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिनेपाली कांग्रेस रामेछापको जिल्ला सभाापतिः दोस्रो चरणको मतदान हुंदै

नेपाली कांग्रेस रामेछापको जिल्ला सभाापतिः दोस्रो चरणको मतदान हुंदै


असोज १८, रामेछाप । नेपाली कांग्रेस रामेछापको जिल्ला सभाापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । सार्वजनिक पहिलो चरणको मत परिणाम अनुसार सभापतिका उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छा रामलाई ८ मत पुगेको छैन । पार्टीको बिधान अनुसार ५० प्रतिशत मत नपुगेपछि आज पुनः दोस्रो चरणको मतदान गर्न लागिएको हो । सोमवार पुनः बढि मत पाएका उम्मेदवारहरु पूर्णबहादुर तामाङ (कान्छाराम) र लवश्री न्यौपाने बीच पुनः प्रतिश्पर्धा गराईने भएको छ ।
नेपाली काँग्रेस रामेछाप जिल्ला सभापतिको पहिलो चरणको मत परिणाम अनुसार,
कुल १३८८ मत खसेकोमा १३५२ मत मात्र सदर भएको छ । जसमा लवश्री न्यौपाने ३५६ अर्थात २६.३३% मत पाएका छन् भने कृष्ण बहादुर महतले ३२८ अर्थात २४.२६% मत पाएका छन् । पूर्ण बहादुर तामाङले सवैभन्दा बढी ६६८ मत पाए पनि ४९.४१% प्रतिशत मात्र भएकाले पुनः प्रतिश्पर्धा हुन लागेको हो । पार्टी सभापति चुनिनका लागि पार्टीको विधान अनुसार कम्तिमा ६७६ अर्थात ५०% मत आवाश्यक पर्छ । जसका लागि पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पहिलो चरणको मतदानमा, ८ मत नपुग्दा दोस्रो चरणको मतदान हुन लागेको हो ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!