आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिराप्रपाकाे क्षेत्रीय अध्यक्षमा रामेश्वर

राप्रपाकाे क्षेत्रीय अध्यक्षमा रामेश्वर


बाह्रबिसे । राष्ट्रिय प्रजातन्त्र पार्टी, सिन्धुपाल्चोकको क्षेत्र नं १ को अध्यक्षमा रामेश्वर खड्का निर्विरोध निर्वाचित भएका छन् । बिहिबार बाह्रबिसेमा सम्पन्न क्षेत्रीय अधिवेशनबाट खड्काको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।

राप्रपा केन्द्रीय अध्यक्ष पशुपतिशमशेर जबराको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको निवर्तमान क्षेत्रीय अध्यक्ष शिव भण्डारीले बताए । अहिले कार्यसमितिको अध्यक्ष र सदस्य मात्रै चयन भएको र पदाधिकारी भने सदस्य मध्येबाट छनौट हुनेछन् ।

समितिको सदस्यहरुमा सोमबहादुर तामाङ , सुनिता भुर्तेल, रामबहादुर भण्डारी , देवलाल श्रेष्ठ , राजकुमार थामी, रामशरण बोहरा , गोपाल गुरुङ , तिर्थ बहादुर खाती, टंकबहादुर राउत, सुर्य बहादुर खड्का , कान्छा लामा(चन्द्र), दिपेन्द्र थापा चयन भएका छन् ।

त्यस्तै दिपक थापा, दुधराज थापा, शम्भुराम नेपाल , अविरल तामाङ , राजेन्द्र गिरी, स‍ोमबहादुर भण्डारी, लक्षुमन तामाङ , पुस्पकुमार शाही , प्रेमबहादुर दोङ, होमनाथ रिसाल, पञ्चलाल तामाङ , चिनिमाया तामाङ , लामा दोर्जे लामा, चक्रबहादुर तामाङ , जस्मिन श्रेष्ठ , फुर्वा तामाङ , सिताराम ठकुरी र जीवन गदाल समेत सदस्यमा चयन भएका हुन्न ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!