आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिकुविण्डेमा कांग्रेसको ‘क्रेज’–साढे २ दसकपछि ‘कमब्याक’

कुविण्डेमा कांग्रेसको ‘क्रेज’–साढे २ दसकपछि ‘कमब्याक’


कुविण्डे । सिन्धुपाल्चोकको कुविण्डे गाउँ एउटा यस्तो ऐतिहासिक गाउँ हो जहाँबाट सशस्त्र द्वन्द्वको सुरु भएको थियो । त्यतिबेला बिद्रोही बनेर माओवादी जंगल पसेको थियो । २०५२ फाुगन २ बाट जंगल पसेको माओवादी यसकारण पसेको थियो कि त्यसको दुई साताअघि नै कुविण्डेमा प्रहरी मारिएका थिए । यो नै सशस्त्र द्वन्द्वको सुरुआती विऊ थियो ।

माओवादी जंगल पसेको दुई वर्षपछि स्थानीय निर्वाचन भयो । कुविण्डेमा खुला रुपमा मत माग्ने, गोष्ठी गर्ने हिम्मत कसैले गर्न सकेनन् । कारण गाउँवासीद्वारा प्रहरी मारिएको आरोपमा अधिकांश कुविण्डेबासी गाउँमा थिएनन् । भएका पनि लेकेर बसेका थिए । त्यतिबेलादेखि नै कुविण्डेमा माओवादीको एकछत्र रहेको थियो ।

हो, त्यसको ठिक २३ वजर्षपछि कांग्रेसले सिन्धुपाल्चोकका कुविण्डेमा ‘कमब्याक’ गरेको छ । १४ औं महाधिवेशनको वडा अधिवेशन गरेर ।

कांग्रेसी भनेपछि गाउँ पस्नै नसक्ने अवस्था रहेको कुविण्डेमा वडा सभापतिका लागि झण्डै निर्वाचन नै गनुुपरेको थियो । कुविण्डेमा बढेको कांग्रेस क्रेजले क्षेत्रीय प्रतिनिधि आउनसमेत युवाहरुलाई हम्मे प¥यो । वडा सभापतिका लागि चार जनाको दाबी भइरहँदा निर्विरोध गर्ने अवस्था नआएकै कारण ८० वर्षिय कांग्रसी नेता दुर्गाबहादुर गिरी अगाडि सरे–‘तिमीहरुबाट निर्विरोध नहुने भयो, वडा सभापति म बन्छु ।’

गिरीले अधिवेृशन चलिरहँदा यस्तो भनेपछि सबै युवाहरु मौन बने । गिरीविरुद्ध म सभापति हुन्छु भन्ने कसैले सकेनन् । अनि उनै गिरी वडासभापति बने ।

कुविण्डे सभामुख अग्नीप्रसाद सापकोटाको गाउँ हो । हाल चौतारा साँगाचोकगढी नगरपालिका ४ मा पर्ने यो गाउँमा साढे दुई दशकपछि नेपाली कांग्रेसले निर्धारित समयमै खुल्ला रुपमा वडा अधिवेशन सकेको छ । माओवादीको गडक्षेत्र कुविण्डेमा वर्षौपछि कांग्रेसले पहिलोचोटी खुल्ला रुपमा वडा अधिवेशन सकेको हो । चौसागढी कुविण्डेका नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि चन्द्रप्रसाद ढुंगानाले आफ्नै संयोजकत्वमा वडा अधिवेशन गर्दै निर्विरोध वडा र क्षेत्रीय प्रतिनिधि चुनिएको बताए । ‘यसअघि बन्दकोठामा लुकेर वडा अधिवेशन र कार्यक्रमहुने गथ्र्यो, द्धन्दको केन्द्र कुविण्डेमा तत्कालीन विद्रोही माओवादीको त्रासका कारण कुनै दलले पनि खुल्ला रुपमा सभा या छलफल समेत गर्दैनथ्ये,’ उनले भने ।  माओवादी केन्द्रको गढमा आगामी चुनावमा आफ्नो पार्टीलाई जिताउने लक्ष्य राखेर अघि बढेको उनले उल्लेख गरे ।

कुविण्डेका कांग्रेसका संस्थापक नेता चन्द्रलाल श्रेष्ठ ‘मेम्बर अफपार्लीमेन्ट’ देखि जिल्ला सभापति समेत भएका थिए । तत्कालीन प्रधानपञ्चको दबदबा हँुदा कुबिण्डेमा कुनै दल उदाएका थिएनन् । कुबिण्डेमा तत्कालीन माओवादी केन्द्रको उदयपछि पूर्वप्रधानपञ्च कृष्णप्रसाद सापकोटाको हत्या भएको थियो । २०५४ सालको चुनावपछिका दिनहरुमा नेपाली कांग्रेससहित अन्य दल पनि कुविण्डेमा हराउँदै गएको अवस्था थियो ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!