आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिसिन्धु कांग्रेसको अधिवेशन अन्यौलमा

सिन्धु कांग्रेसको अधिवेशन अन्यौलमा


चौतारा । केन्द्रीय निर्वाचन समितिले तोकेको मितिमा नेपाली कांग्रेस सिधुपाल्चोकले अधिवेशन गर्न नसक्दा अब कहिले हुन्छ भन्ने अन्यौल सिर्जना भएको छ । असोज ५ मा पनि जिल्लाका सबै वडामा अधिवेशन हुन सकेको छैन । अझै ४ वटा वडाको अधिवेशन हुन नसकेको हो ।
आज (असोज ९)मा हुने भनिएको स्थानीय तहको अधिवेशन पनि स्थगित भएसँगै बाँकी प्रदेश र जिल्ला अधिवेशन कहिले हुन्छ भन्ने अन्यौल बढेको हो । हिजो जिल्ला निर्वाच्न अधिकृत छविरमण निरौलाले अर्काे सूचना जारी नभएसम्मका लागि स्थानीय तहको अधिवेशन स्थगित गरेको सूचना सार्वजनिक गरेका थिए । स्थानीय तहमा उम्मेद्वारको दाबी चलिरहँदा अधिवेशन नै स्थगित भएपछि अधिवेशन प्रभावित हुनसक्ने कार्यकर्ताहरुको तर्क छ ।
नेपाली कांग्रेसले हिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशनको कार्यतालिकाअनुसार जिल्ला अधिवेशन गर्ने सहमति गरेको हो । सरकारी सूची अनुसार सिन्धुपाल्चोक हिमाली जिल्लमा पर्दछ । कांग्रेस निर्वाचन समितिले दिएको समय असोज १८ गते जिल्ला अधिवेशन हुनुपर्दछ । तर वडा नसकिएको र स्थानीय तहको अधिवेशन पछाडि धकेलिएकाले यसपछिका अधिवेशनहरु धकेलिने सम्धावना रहेको नेताहरु बताउँछन् ।
कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार असोज ९ गते स्थानीय तहको अधिवेशन, असोज १२ गते प्रदेशसभा निर्वाचन क्षेत्र, असोज १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र असोज १८ गते जिल्ला अधिवेशन गर्ने उल्लेख छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!