आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिसमयमै होला त सिन्धु कांग्रेसको जिल्ला अधिवेशन ?

समयमै होला त सिन्धु कांग्रेसको जिल्ला अधिवेशन ?


चौतारा । विविध विवादका बीच केही स्थानमा वडा अधिवेशनसमेत हुन नसकेको अवस्थामा सिन्धुपाल्चोकमा निर्वाचन समितिले दिएको समयसीमामा अधिवेशन हुने या नहुने भन्ने अन्यौल सिर्जना भएको छ । तालिकाअनुसार असोज ५ गते वडाअधिवेशन गरिएको थियो, तर, अझै केही वडामा विवादका कारण अधिवेशन हुन सकेको छैन ।
सिन्धुपाल्चोकका सबै वडामा अधिवेशन हुन नसकेपछि भोलि (९ गते) गरिनुपर्ने स्थानीय तहको अधिवेशन स्थगित गरिएकाले जिल्ला अधिवेशनकोसमेत टुंगो लागेको छैन ।
नेपाली कांग्रेसले हिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशनको कार्यतालिकाअनुसार जिल्ला अधिवेशन गर्ने सहमति गरेको हो । सरकारी सूची अनुसार सिन्धुपाल्चोक हिमाली जिल्लमा पर्दछ । कांग्रेस निर्वाचन समितिले दिएको समय असोज १८ गते जिल्ला अधिवेशन हुनुपर्दछ । तर वडा नसकिएको र स्थानीय तहको अधिवेशन पछाडि धकेलिएकाले यसपछिका अधिवेशनहरु धकेलिने सम्धावना रहेको नेताहरु बताउँछन् ।
कांग्रेसले हिमाली जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित २१ जिल्ला सूचीमा राखेको छ । ती जिल्लामा दसैँअघि नै र अरु जिल्लामा दसैँपछि जिल्ला अधिवेशन गर्ने सहमति भएको छ । हिमालीबाहेकका जिल्लामा दसैँअघि स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने र बाँकी अधिवेशनका कार्यक्रम दसैँपछि गर्ने सहमति भएको छ ।
कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार असोज ९ गते स्थानीय तहको अधिवेशन, असोज १२ गते प्रदेशसभा निर्वाचन क्षेत्र, असोज १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र असोज १८ गते जिल्ला अधिवेशन गर्ने उल्लेख छ ।

 


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!