शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोक कांग्रेसको सभापतिमा आधा दर्जन आकांक्षी

सिन्धुपाल्चोक कांग्रेसको सभापतिमा आधा दर्जन आकांक्षी


सिन्धुपाल्चोक । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन प्रक्रिया संगै जिल्ला जिल्लामा सभापतिका आकांक्षीहरु बढेका छन् । सिन्धुपाल्चोक जिल्लामा पनि पार्टीको जिल्ला अधिवेशन नजिकिँदै गर्दा सभापतिको लागि झण्डै आधा दर्जन स्थानीय नेताले तयारी स्वरुप कार्यकर्ता भेटघाट तथा भेला र छलफल थालेका छन् ।

जिल्ला सभापतिका लागि इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले औपचारीक रुप मै कांग्रेसको आउँदो महाधिवेशनमा जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकको छन् ।

यस्तै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि नेपाली कांग्रेसको जिल्ला सभापतिमा आफ्नो दाबी सार्वजनीक गरेका छन् । यस्तै हालका क्षेत्रीय सभापतिद्वय आइतमान तामाङ र  बालकृष्ण बस्नेत, हालका जिल्ला सभापति विकास लामा, पूर्वसचिव कृष्णप्रसाद न्यौपाने, महासमिति सदस्य प्रेमध्वज लामा, हरिशरण श्रेष्ठ, भोला बोहोरा समेत सभापतिको आकांक्षी देखिएका छन् ।

पार्टीलाई एक ढिक्का बनाउन सहमतीय नेतृत्वको लागि छलफल चलाउन काँग्रेस कार्यकर्ताले चौतर्फी दबाब दिइरहेको भएपनि जिल्लामा भने गुटगत विश्लेषण कै आधारमा नेताहरुले उम्मेदवारी घोषणा गरेका हुन् ।

तर पनि औपचारीक रुपमा जिल्ला सभापतिमा नेपाली कांग्रेसको संस्थापन धारले कसलाई अघि सार्छ भन्ने खुलिसकेको छैन । हालै सम्पन्न वडा स्तरीय अधिवेशन बाटै जिल्लामा नेपाली कांग्रेसको संस्थापन धार बलीयो देखिएको छ । दुई नंवर क्षेत्रमा भने संस्थापन र संस्थापन ईत्तर दुवैको अवस्था लगभग समान देखिएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!