आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिवंशलाल तामाङद्धारा नेपाली कांग्रेस जिल्ला सभापति पदमा उम्मेद्वारी दिने घोषणा

वंशलाल तामाङद्धारा नेपाली कांग्रेस जिल्ला सभापति पदमा उम्मेद्वारी दिने घोषणा


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले नेपाली कांग्रेस जिल्ला सभापति पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

जिल्लाका विभिन्न १०३ वडामा मंगलवार वडा अधिवेशन प्रक्रिया चलिरहेको बेला तामाङले इन्द्रावती वडा ४ को वडा अधिवेशन उद्घाटन गर्दै जिल्ला सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

गाउँपालिका राष्ट्रिय महासंघका महासचिव समेत रहेका तामाङले आफूलाई नेता कार्यकर्ताको साथ रहेको र परिवर्तित् सन्दर्भमा पार्टीलाई नयां उर्जा तथा रणनीतिका साथ अघि बढाउने दावी समेत गरे ।

लामो राजनीतिक अनुभव र आरोह अवरोहका कारण आफू जिल्ला सभापति बन्नका लागि योग्य रहेको दावी सहित तामाङले पार्टीका अग्रज नेता तथा सबै खाले विचार तथा समुहलाई समेट्ने क्षमता आफूमा रहेको बताए ।

सिन्धुपाल्चोक कांग्रेसका पूर्वसचिवसमेत रहेका तामाङ गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको किल्ला मानिने ईन्द्रावतीमा जिल्ला अध्यक्ष झम्क नेपाललाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

कांग्रेसलाई एक ढिक्का बनाएर लैजान जिल्लामा सबै उमेर समुहका नेता कार्यकर्ताले आफ्नो आवाश्यकता महसुस् गरेको तामाङको भनाई छ । जिल्लामा नेपाली कांग्रेसभित्र गुट र उपगुटको राजनीति अन्त्य गर्न आफू सभापतिको उम्मेद्वार हुन लागेको तामाङको भनाई छ ।

तामाङले गाउँपालिका अध्यक्षमा आगामी स्थानीय निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने पनि प्रस्ट पारेका छन् । राजनीतिमा संस्थापनइत्तर निकट मानिने तामाङ जिल्ला राजनीतिमा भने मध्यमार्गी मानिन्छन् ।

जिल्लामा हालका सभापति विकास लामाले साथ दिएमा तामाङको उम्मेदवारी सार्थक बन्ने देखिएको छ । अहिले सम्म जिल्ला सभापतिमा मोहनबहादुर बस्नेत पक्षले कसलाई उम्मेद्वार बनाउंछ भन्ने खुलेको छैन ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!