शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठराजनीतिभोटेकोशीको ४ वटा वडामा सर्वसम्मत ईकाई सभापति

भोटेकोशीको ४ वटा वडामा सर्वसम्मत ईकाई सभापति


सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १४ औं महाधिवेसनको कार्यतालीका अनुसार मंगलवार सम्पन्न वडा अधिवेशनमा भोटेकोशी गाउंपालीकाको ४ वडाका वडा ईकाई सभापति चुनिएका छन् । वडा नंवर ४ मा भने आज बुधवार सभापति चयन प्रक्रिया हुंदैछ ।


प्राप्त विवरण अनुसार, गाउंपालीकाको वडा नंवर १ बाट वीरे शेर्पा, वडा नंवर २ मा कुमार श्रेष्ठ, वडा नंवर ३ मा विष्णु श्रेष्ठ र वडा नंवर ५ मा दावा त्याम्ङवा शेर्पा सर्वसहमतिमा वडा ईकाई सभापति चुनिएका छन् ।

वडा नंवर ४ मा भने ५ जना वडा सभापतिका प्रत्यासी भएपछि आज मतदान हुने भएको छ । अन्तिम समयसम्म सर्वसहमतिको प्रयास गरिने नेपाली कांग्रेस भोटेकोशी गाउंपालीकाले जनाएको छ ।

वडा नंवर ४ मा एक पदका लागि सोनोर्वु शेर्पा, च्याङा शेर्पा –शाहिल, दोर्ज शेर्पा, नेत्र वहादुर खड्का र अनिस नेपाल प्रत्यासी रहेकोमा वुधवार विहान सम्म सोनोर्वु शेर्पा र च्याङा शेर्पा –शाहिल मात्र प्रत्यासी बांकी रहेका छन् । ३ जना प्रत्यासीले आफ्नो दावी फिर्ता लिएका छन् ।

यस्तै भोटेकोशी गाउंपालीका बाट पासाङ नोर्वु शेर्पा, वेद बहादुर श्रेष्ठ, अमृत कार्की तथा भक्त वहादुर लामा सहित १७ जना, नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि छानीएका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!