शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोकमा कांग्रेसको वडा अधिवेशनः संस्थापन ईत्तरका धेरै नेता बुथ मै पराजीत

सिन्धुपाल्चोकमा कांग्रेसको वडा अधिवेशनः संस्थापन ईत्तरका धेरै नेता बुथ मै पराजीत


सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको मंगलवार सम्पन्न वडा अधिवेशनमा बहुसंख्यक संस्थापन ईत्तरका नेता वडा स्तर मै पराजीत भएका छन् । जिल्ला सभापतिको प्रत्यासी ठानीएका नेपाली कांग्रेसका पुराना नेता भुपेन्द्र बहादुर थापा वडा अधिवेसनका क्रममा वुथ मै पराजीत भएका छन् ।

अहिलेसम्म सार्वजनीक परिणाम अनुसार जिल्लाका अधिकांश वडामा जिल्ला सभापति विकास लामा ईत्तर कै उम्मेदवार विजयी भएका छन् । सभापति लामाले प्रतिनिधित्व गर्ने आफ्नै वडा ईन्द्रावती ९ को बुथमै लामा निकट उम्मेदार पराजीत भएको समाचार छ ।

जिल्ला तथा केन्द्रको राजनीतिमा प्रभावशाली मानिने मोहन बहादुर बस्नेत बाह्रविसे नगरपालीका वडा नंवर ४ को वुथ बाट निर्वाचीत् भएका छन् । यस्तै अर्का जिल्ला नेता हरिशरण श्रेष्ठ पनि बाह्रविसेको सोही बुथ बाट निर्वाचीत् भएका छन् ।

नेपाली कांग्रेस जिल्ला सभापतिको संभावित प्रत्यापसी ठानिएका मोहन वहादुर बस्नेत निकट पुराना नेता भोला बोहोरा त्रिपुरा सुन्दरी गाउंपालीका ६ बाट निर्वाचीत् भएका छन् । बोहोरा नेपाली कांग्रेसको संस्थापन धारका पुराना नेता हुन् ।

मंगलवार नै सम्पन्न वडा अधिवेशनमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका सहमहामन्त्री समेत भईसकेका बलदेव तिमल्सिना पनि वडा बुथ बाटै पराजीत भएका छन् । नेपाली कांग्रेसको भगिनि संगठन नेपाल महिला संघ सिन्धुपाल्चोकको अध्यक्ष समेत रहेकी गीता नेपाल पनि बुथ मै ८ भोटले पराजीत भएकी छन् ।

नेतृ नेपाल जिल्ला राजनीतिमा अहिलेका जिल्ला सभापति बिकास लामा निकट मानिन्छन् । यस्तै सुनकोशी गाउंपालीकाको निर्वाचीत् उपाध्यक्ष लक्ष्मी पौडेल पनि बुथ मै हारेकी छन् ।

नेपाली कांग्रेसको जिल्ला तथा केन्द्रीय राजनीतिमा भुमिका बढाउन खोजीरहेका व्यवसायी आर.एस भण्डारी समेत वुथ मै पराजीत भएका छन् । भण्डारीले वुथ प्रतिनिधि छनौट प्रक्रियामा विवाद भएपछि अधिवेशन प्रक्रिया नै वहिश्कार गरेका थिए ।

समग्रमा वडा अधिवेशनको परिणाम हेर्दा मोहन बहादुर बस्नेत पक्षीय प्रतिनिधिको वर्चश्व ८० प्रतिशत हाराहारी देखिएको छ । जिल्लाका १०३ वटै वडामा सम्पन्न अधिवेशन सम्वन्धी विस्तृत विवरण संकलन भईरहेको नेपाली कांग्रेसका जिल्ला सभापति लामाले बताएका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!