आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिकाभ्रेको १३५ वडामा कांग्रेसको अधिवेशन सम्पन्नः मण्डनदेउपुरमा निर्विरोध

काभ्रेको १३५ वडामा कांग्रेसको अधिवेशन सम्पन्नः मण्डनदेउपुरमा निर्विरोध


काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा नेपाली कांग्रेसले १२ वटै वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । मंगलबार सम्पन्न अधिवेशनबाट सभापति तथा क्षेत्रीय प्रतिनिधी निर्विरोध निर्वाचित भएको वडा नं १ सभापति सुमन तामाङले जानकारी दिएका छन् ।

मतदान प्रकृयाबाट वडा नं १ सभापतिमा तामाङ, वडा नं २ राजकुमार मल्ल, वडा नं ३ रेणु बजागाईं, वडा नं ४ धुव्र तिमल्सिना, वडा नं ५ सागर लामिछाने र वडा नं ६ कुमार ढकाल निर्वाचित भएका छन् ।

यस्तै वडा नं ७ मा नारायण सापकोटा, वडा नं ८ तिलक गुरागाई वडा नं ९ मा माधव नेपाल, वडा नं १० मा हरिबहादुर श्रेष्ठ, वडा नं ११ मा ११ दिपेन्द्र तामाङ र वडा नं १२ मा ज्ञानेन्द्र पराजुली निर्विरोध निर्वाचित भएका हुन् । जिल्लाका १३५ वडामै हिजो वडा अधिवेशन भएको हो ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!