शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठराजनीतिकांग्रेसको महाधिवेशनको कार्यतालिका फेरि प्रभावित: काठमाडौमा आज

कांग्रेसको महाधिवेशनको कार्यतालिका फेरि प्रभावित: काठमाडौमा आज


असोज ५ । नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन पनि आज हुँदैछ । यसअघि गत भदौ १८ मा नै हुने भनिएको उक्त अधिवेशन क्रियाशील सदस्यताको विवाद नमिल्दा रोकिएको थियो ।

पछि विवाद मिलेपछि कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५ गते अर्थात आज वडा अधिवेशन गर्ने निर्णय गरेको हो । काठमाडौँमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौँमा १३८ वडा छन् । काठमाडौँमा कांग्रेसको ३० हजारभन्दा बढी क्रियाशील सदस्य छन् ।

महाधिवेशनको कार्यतालिका फेरि प्रभावित
क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि प्रभावित बनेको छ । १३ जिल्लाको अधिवेशन अनिश्चित हुँदा कार्यतालिका प्रभावित बनेको हो । आज सिन्धुपाल्चोक सहित २० जिल्लामा एक साथ वडा अधिवेशनको कार्यतालिका तोकिएकोमा सात जिल्लामा मात्र निर्वाचन भईरहेको छ ।

लामो समयसम्म क्रियाशील सदस्यताको विवाद टुंगो नलाग्दा छैटौँ पटक संशोधन गरिएको कार्यतालिका पनि प्रभावित बनेको हो । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका अनुसार काठमाडौं, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा आज वडा अधिवेशन हुँदै छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले केन्द्रीय कार्यालयले १३ जिल्लाको सदस्यता विवरण उपलब्ध नगराउँदा ती जिल्लाको अधिवेशन अनिश्चित बनेको स्विकारेका छन् ।

५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ भने १३ जिल्लाको समग्र कार्यतालिका प्रभावित भएको छ । डोल्पा, धनुषा र कैलालीको क्रियाशील सदस्यता विवाद भने टुंगो लागिसकेको दावी केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले गरे ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!