शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोकको १०३ वटै वडामा आज कांग्रेसको अधिवेशन: कसको पल्ला भारी ?

सिन्धुपाल्चोकको १०३ वटै वडामा आज कांग्रेसको अधिवेशन: कसको पल्ला भारी ?


सिन्धुपाल्चोक । १४ औं महाधीवेशनको संशोधीत् तालीका अनुसार नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन आज भईरहेको छ । नेपाली कांग्रेसको संस्थापन धार ईत्तर निकट मानिने जिल्ला सभापति विकास लामा र केन्द्र देखी जिल्ला सम्म राम्रो राजनीतिक प्रभाव रहेका नेता मोहन बहादुर बस्नेत दुबै वडा स्तर बाटै आफु निकट नेतृत्व चुन्ने प्रयत्नमा जुटेका छन् ।

जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको पछिल्लो बैठकले औपचारीक रुपमै जिल्लाका १०३ वटै वडामा संभव भएसम्म सर्वसहमतिमा नेतृत्व चुन्ने पहल गर्ने निर्णय गरेको पार्टी सभापति लामाले दावी गरे ।

तर आज हुने वडा स्तरीय अधिवेशनमा संगठन विस्तार, स्थानीय स्तरमा जनता माथि परेको दुःखको समयमा पु¥याएको योगदान र पार्टी राजनीतिमा भोलीको संभावना बिश्लेषण गरेर क्रियाशील सदस्यले सक्षम नेतृत्व चुन्ने दावी केन्द्रिय सदस्य मोहन बस्नेतको छ ।

सर्वसम्मत गर्ने नाममा जिल्लामा केन्द्रिय राजनीतिको गुटगत बाछिटा पर्न नदिने र भोली पार्टी राजनीतिमा केन्द्रसम्म दावी गर्न आउन सक्ने संभावनायुक्त व्यक्तिलाई नेतृत्वमा ल्याउन प्रयत्न गर्ने नेता बस्नेतले बताएका छन् ।

पार्टीको वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन तोकिएको समयमै आयोजना गर्ने निर्णय गरेको भएपनि नेपाली कांग्रेस सिन्धुपाल्चोकको महाधिवेशन केन्द्रित गतिविधि विवादीत् छन् ।

लामो विवाद पछि गत बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौँ, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेपछि महाधीवेशन प्रक्रियामा आफ्नो प्रभाव वलियो देखाउन दुबै नेता जिल्लामा थप सक्रिय भएर लागेका छन् ।

नेपाली कांग्रेसले अझै पनि १३ जिल्ला अन्तर्गत प्रदेश २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छैन । सो पार्टीले पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

सिन्धुपाल्चोकको हकमा जिल्लामा पार्टीका केन्द्रिय सदस्य समेत रहेका प्रभावशाली नेता मोहन बहादुर बस्नेत र सभापति विकास लामाले समानान्तर गतिविधि कै बीच जिल्लाका १०३ वटै वडामा पार्टीको अधिवेशन हुन लागेको हो । नेपाली कांग्रेस सिन्धुपाल्चोकले सबै वडामा आज निर्वाचन अधिकृत खटिसकेको जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!