आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतितत्काल पद त्याग गर्न सभामुख अग्नि सापकोटालाई एमालेको दवाव

तत्काल पद त्याग गर्न सभामुख अग्नि सापकोटालाई एमालेको दवाव


असोज ४ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आजको प्रतिनिधि सभाको बैठकमा पनि अवरोध जारी राखेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी गर्नसाथ एमाले सांसदहरुले बैठकमा नारावाजी गरेका हुन् ।

एमालेका सांसदहरुले वेल घेरेर विरोध गरिरहेको भए पनि आजको बैठकबाट विनियोजन विधेयक पारित भएको छ । एमालेले सभामुख सापकोटाको भूमिकालाई लिएर प्रतिनिधिसभाको बैठक गर्दै आएको छ ।

यसअघि पनि एमालेको अवरोध बेवास्ता गर्दै संसदबाट सरकारले ध्वनि मतका आधारमा प्रतिस्थापन विधेयक लगायतका विषय अघि बढाएको थियो ।

सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ जना सांसदको कारवाहि सम्वन्धी सूचना सार्वजनिक नगरेको भन्दै अहिले सापकोटाले पदबाट राजीनामा दिनुपर्ने अन्यथा महाअभियोग प्रस्ताव अघि बढाउने जनाउ दिई आएको छ ।

सभामुख सापकोटाले संसदको अवरोध हटाउन आयोजना गरेको सर्वदलीय बैठक नै बहिष्कार गरेको एमालेको विरोध र अवरोध चिर्दै आज अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको छ । विनियोजन विधेयकमाथिको छलफलमा आज पनि सांसद प्रेम सुवाल मात्र सहभागी भए ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!