आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिकांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन भोलीः बर्चश्व देखाउने दौडधुप

कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन भोलीः बर्चश्व देखाउने दौडधुप


सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन भोली मंगलबार हुने भएको छ । जिल्ला सभापति विकास लामाले आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्लाका १०३ वटै वडामा मंगलबार पार्टीको अधिवेशन आयोजना गर्ने निर्णय भएको बताएका छन् ।

बैठकले पार्टीको वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन तोकिएको समयमै आयोजना गर्ने निर्णय गरेको भएपनि नेपाली कांग्रेस सिन्धुपाल्चोकको महाधिवेशन केन्द्रित गतिविधि विवादीत् छन् ।

लामो विवाद पछि गत बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौँ, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेपछि महाधीवेशन प्रक्रियामा आफ्नो प्रभाव वलियो देखाउन दुबै धारका नेताहरु जिल्लामा सक्रिय भएर लागेका छन् ।

नेपाली कांग्रेसले अझै पनि १३ जिल्ला अन्तर्गत प्रदेश २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छैन । सो पार्टीले पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

सिन्धुपाल्चोकको हकमा जिल्लामा पार्टीका केन्द्रिय सदस्य समेत रहेका प्रभावशाली नेता मोहन बहादुर बस्नेत र सभापति विकास लामाले समानान्तर गतिविधि गरिरहेका छन् । यसको असर जिल्लाका १०३ वटै वडामा पार्टीको अधिवेशनका क्रममा देखिने छ ।

तर पनि नेपाली कांग्रेस सिन्धुपाल्चोकले सबै वडामा निर्वाचन अधिकृत खटिसकेको र सर्वसम्मतिको प्रयास गरिने जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!