शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठराजनीतिआज प्रतिनिधिसभा बैठक बस्दैः के छ एमालेको रणनीति ?

आज प्रतिनिधिसभा बैठक बस्दैः के छ एमालेको रणनीति ?


असोज ४ । नेकपा एमालेको अवरोध चेतावनी तथा बजेट होली डे का कारण श्रृजीत संकट कै बीच आज सोमबार प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद सचिवालयले बैठकको कार्यसूची सार्वजनिक गरेको छ ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमका अनुसार, आज बस्ने प्रतिनिधिसभाको बैठकका छ वटा कार्यसूची रहेको छ । एमाले सांसदहरुले अवरोध नगरेमा बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ ।

अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापन कार्यमार्फत चार वटा विधेयक प्रस्तुत गर्नेछन् । मन्त्री शर्माले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक विचार गरियोस् भन्नका लागि प्रस्ताव र आर्थिक विधेयकमाथि दफावार छलफलका लागि दिन तोक्नका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

बिहान ११ बजेदेखि सुरु हुने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकहरूमा सांसद प्रेम सुवालबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यस्तै, सांसद प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गतका विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्तावहरू पनि प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

बैठकमा विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यतालिका रहेको संसद् सचिवालयका महासचिव डा. गौतमले बताए ।

आजको वैठकमा नेकपा एमालेको भुमिका कस्तो हुन्छ भन्ने अझै निश्चित् छैन । एमालेले सभामुख अग्नि सापकोटा विरुद्ध महा अभियोग प्रस्ताव पेश गर्न सक्ने चेतावनी दिई रहेको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!