आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिकाँग्रेस बाट बिजयी वडा सदस्य माओवादीमा प्रवेश

काँग्रेस बाट बिजयी वडा सदस्य माओवादीमा प्रवेश


सिन्धुपाल्चोक । भोटकोशी गाउँपालिका वडा नंवर १ मा नेपाली काँग्रेस बाट बिजयी वडा सदस्य कान्छा शेर्पा नेकपा माओवादीमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसको जारी महाधिवेशन प्रक्रिया तथा क्रियाशिल सदस्यता सम्वन्धी विवाद कै बीच, भोटेकोशी १ बाट वडा सदस्य शेर्पा सहित ७ जना कृयाशिल सदस्य माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलगायत माओवादीका नेताहरुले भोटेकोशी गाउँपालिका ५ का दावा लामासहित अरु ५ जना नेपाली कांग्रेसका सक्रिय कार्यकर्तालाई आईतवार नै माओवादी केन्द्रको सदस्यता दिएका छन् ।

भोटेकोशी काठमाडौं सम्पर्क समन्वय समितिले आईतवार काठमाडौमा गरेको कार्यक्रममा भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलगायत माओवादीका नेताहरुले उनीहरुलाई माओवादी केन्द्रमा स्वागत गरेका हुन् । भेलाले दिलबहादुर मगरको अध्यक्षतामा ३३ सदस्यीय सम्पर्क मन्च गठन गरेको अध्यक्ष पौडेलले जानकारि दिए ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!