आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिसिन्धु कांग्रेसको राजनीतिः बहिश्कार–आक्रोश र आलोचना श्रृंखला

सिन्धु कांग्रेसको राजनीतिः बहिश्कार–आक्रोश र आलोचना श्रृंखला


सिन्धुपाल्चोक । पार्टीको १४ औं महाधिवेशनको सरगर्मी चलिरहेको बेला सिन्धुपाल्चोक जिल्लाको नेपाली कांग्रेस पार्टी पङ्ती थप विभाजीत र बिवादीत दिशामा अग्रसर भएको छ ।

शनिवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा बाह्रविसे बजारमा सम्पन्न प्राकृतिक विपत्तिमा नेपाली कांग्रेसको भुमिका सम्वन्धी कार्यक्रममा सहभागी वक्ताबाट व्यक्त धारणालाई लिएर जिल्ला कार्य समितिका सभापति विकास लामाले आईतवार विज्ञप्ती नै निकालेका छन् ।

सभापति लामाले जारी गरेको विज्ञप्तीमा, बाह्रविसेको कार्यक्रममा जिम्मेवार नेताहरु बाट व्यक्त भएको धारणा आपत्तिजनक रहेको उल्लेख छ । सभापति लामाले पार्टी राजनीतिमा लामो समय योगदान पु¥याएका नेता कार्यकर्ता बिरुद्ध भ्रामक अभिव्यक्ति दिएको भन्दै पार्टी पङतीको ध्यानाकर्षण गराएका छन् ।

स्वच्छ प्रतिश्पर्धाको माध्यमबाट पार्टीको नेतृत्व चुन्दै जाने र १४ औं महाधीवेशनलाई संगठन निर्माण अभियानका रुपमा लिनुपर्ने समयमा धन, बल र प्रलोभनको राजनीति चलाएको आरोप सभापति लामाले लगाएका छन् ।


सभापति लामा सहितका नेताले शनिवार बाह्रविसेमा भएको कार्यक्रम पनि बहिश्कार गरेपछि जिल्लाका केन्द्रिय नेता सहभागी भएको कार्यक्रममा नेता मोहन बस्नेत लगाएतका सहभागीले खरो टिप्पणी गरेका थिए ।

यसअघी सिन्धुपाल्चोकको मेलम्चीमा गत साता भएको प्राकृतिक विपत्तिमा नेपाली कांग्रेसको भुमिका सम्वन्धी कार्यक्रममा पनि जिल्ला सभापति लामा तथा लामा निकट नेताहरु सहभागी नभई काठमाडौको बौद्धमा बेग्लै कार्यक्रम गरेका थिए ।

पार्टीको तिव्र संगठन बिस्तार र जनतासंग जोडीएको भावनात्मक मुद्धामा समेत गुटगत राजनीति गरेको भन्दै नेता बस्नेतले सभापति लामाको भुमिकाको आलोचना गर्दै आएका छन् । तर जिल्लामा पार्टीका औपचारीक कार्यक्रम गर्दा आफूहरुसंग सल्लाह नै नहुने गरेको जिल्ला सभापति लामा लगाएतका नेताले आरोप लगाउंदै आएका छन् ।

जिल्लामा संगठन विस्तार तथा महाधीवेशनको तयारी चलिरहंदा दुई पक्षले समानान्तर गतिविधि गर्दा यसैगरी आरोप प्रत्यारोप चर्किरहेको छ । नेपाली कांग्रेसको १४ औं महाधीवेशन श्रृंखला र सरगर्मी बढेपछि अहिले जिल्लामा विभिन्न पदमा उम्मेदवारी दावी गर्ने र आफ्नो मोर्चा बलियो देखाउने प्रतिश्पर्धामा नेताहरु केन्द्रित भएका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!