आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिसभामुखले चुनाव जितेको क्षेत्रमा नेपाली कांग्रेसको गर्जनः सम्बृद्धिका लागि कांग्रेसको विकल्प छैन

सभामुखले चुनाव जितेको क्षेत्रमा नेपाली कांग्रेसको गर्जनः सम्बृद्धिका लागि कांग्रेसको विकल्प छैन


सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र १ सिन्धुपाल्चोकले जिल्लाको व्यापारीक केन्द्र बाह्रविसे बजारमा प्राकृतिक विपत्तीमा नेपाली काङ्ग्रेसको भुमिका विषयक बृहत अन्तर्कृया कार्यक्रम गरेको छ ।

नेपाली कांग्रेसका युवा नेता तथा पूर्व मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य विष्णु विक्रम थापा लगाएतका नेताले सम्वोधन गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसको खेलकुद विभाग प्रमुख समेत रहेका नेता बस्नेतले नेपालमा कम्युनिष्टहरुको सर्वसत्ताबाद अन्त्यका लागि तथा मुलुकको सम्बृद्धि र राजनीतिक स्थायीत्वका लागि नेपाली कांग्रेसको विकल्प नरहेको दावी गरे ।

मुलुक कोरोना महामारी तथा प्राकृतिक एवं आर्थिक विपत्तिसंग जुधिरहेको बेला जनताले स्थायी सरकार चलाउने जनमत दिएर पठाएका कम्युनिष्टहरु सत्ता र सक्तिको रडाकोमा फसेका कारण सम्बृद्धि, विकास र जनजिविकाको प्रश्न ओझेलमा परेको नता बस्नेतले दावी गरे ।

सिन्धुपाल्चोकमा विभिन्न किसिमका प्राकृतिकि विपत्ति पर्दा समेत जनताको दुःखमा कम्युनिष्टहरुले साथ दिन नसकेको भन्दै नेता बस्नेतले जिल्लाको एक नंवर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यामा चुनिएका अग्नि सापकोटा लगाएतका कम्युनिष्ट नेताले कोरोना महामारिको समयमा जनतालाई स्वास्थ्य सामाग्री वितरण गर्दा समेत अवरोध खडा गरेको स्मरण गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य विष्णु विक्रम थापाले प्रजातान्त्रीक अधिकार सुनिश्चित् गर्न, राजनीतिक स्थायीत्व र विकासका निम्ति नेपाली कांग्रेसको विकल्प नरहेको जिकिर गरे ।


बाह्रबिसे बजारमा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न ठाउँ बाट भेला भएका नेकपा एमाले तथा माओवादी समर्थक सयौं कार्यकर्ता पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नब प्रवेशलाई प्रमुख अतिथि बस्नेत र केन्द्रीय सदस्य थापाले खादा ओढाएर स्वागत गरेको नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नंवर एकका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले जानकारी दिएका छन् ।

कार्यक्रममा बग्मति प्रदेश सभा सदस्य निमा लामा, नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नंवर एकका क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, नेता भोला बोहोरा, हरिशरण श्रेष्ठ, नेतृ लिला नेपाल लगाएतको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!