आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिआज संविधान दिवसः कतै दिपावली कतै व्ल्याक आउट

आज संविधान दिवसः कतै दिपावली कतै व्ल्याक आउट


असोज ३ । आज संविधान दिवस । संविधान सभाबाट संविधान निर्माण भएको र जारी भएको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम सहित संविधान दिवस मनाइँदैछ ।

तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी) बीच भारतको मध्यस्थतामा भएको शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभा निर्वाचन र जनताका प्रतिनिधिमार्फत जारी गरिएको संविधानको एकअर्कामा अन्यानोश्रित सम्बन्ध रहिआएको छ ।

नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको हो । सात प्रदेश, ७५३ स्थानीय तह र सङ्घीय सरकारमार्फत नयाँ राजनीतिक प्रणालीसमेत अवलम्बन गरेको छ ।

विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । तर विगत ७ वर्षदेखी यही संविधानमा टेकेर सरकार सहभागी हुने, निर्वाचनमा भाग लिने तथा महत्वपूर्ण सुविधा लिने तराई मधेश केन्द्रित राजनीतिक दलले भने अहिले पनि असोज ३ लाई कालो दिनका रुपमा विरोध गरिरहेका छन् ।

सरकारले यसपटक सातौँ संविधान दिवस दिपावली गरेर मनाउन आह्वान गरेपनि सरकारलाई समर्थन गरेका तथा सरकारमा सहभागी हुने निर्णय गरेर बसेका दलहरुले नै आफ्नो राजनीतिक प्रभाव क्षेत्रमा व्याक आउट गर्ने घोषणा गरेका छन् । दुई नंवर प्रदेशमा यही संविधान अनुसार सरकार चलाई रहेको प्रदेश सरकारले नै कालो दिवस मनाई रहेको छ ।

सरकारको निर्णयानुसार असोज २–४ गते राष्ट्रिय दिवसका रूपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाउन लागिएको छ । राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । दिवसका अवसरमा आइतबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ ।

मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिले दिवसको व्यापक प्रचारप्रसारका लागि सरकारी, सामुदायिक तथा निजी क्षेत्रका सञ्चार माध्यमलाई यसअघि नै आग्रह गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा गत भदौ २३ मा बसेको बैठकले विभिन्न सञ्चारमाध्यमले संविधान दिवसका दिन नेपालको राष्ट्रिय झण्डा आ–आफ्ना घरघरमा सम्मानका साथ राख्न प्रचारप्रसारका लागि अनुरोध गर्ने निर्णय गरेको थियो ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!