आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिशेर वहादुर तामाङको विवाद श्रृंखला: कार्यकर्ता बाटै आलोचना

शेर वहादुर तामाङको विवाद श्रृंखला: कार्यकर्ता बाटै आलोचना


काठमाडौ । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नंवर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचीत् शेर बहादुर तामाङ नेकपा एमाले भित्र तत्कालीन माधव कुमार नेपालको विश्वास पात्र मानिन्थे । तामाङ २०७४ सालमा नेता नेपाल कै कोटामा केपी शर्मा ओली नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बने ।

संविधान कार्यान्वयनका क्रममा निमार्ण गर्नुपर्ने महत्वपूर्ण कानुन् तर्जुमामा राम्रै प्रगति हांसील भईरहेको बेला तामाङले मन्त्रालयको सरोकार भन्दा बाहिर पुगेर बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राका विषयमा विवादपूर्ण अभिव्यक्ति दिए ।

छात्राहरुले सर्टिफिकेट लिनका निम्ति वंगलादेशमा देहव्यापार सम्म गर्नुपरेको छ भन्ने आशयको अभिव्यक्ति दिएपछि तामाङको चौतर्फी आलोचना भयो र बोलीमा लगाम लगाउन नसकेकै परिणाम– २०७५ साल साउन ८ गते मन्त्री तामाङले नैतीकताका आधारमा राजिनामा दिनुप¥यो ।

त्यसपछि तामाङ साविकको नेकपा तथा पछिल्लो विवादका बेला नेकपा एमालेमा माधव नेपाल समुहमा क्रियाशील नेता थिए । तर पार्टी भित्र बदलीएको समिकरणमा नयां अवसर सदुपयोग गर्दै एमालेको संस्थापन धारमा पुगेका सांसद तामाङ अहिले तिनै माधव नेपालको कटु आलोचक बनेर उभिएका छन् । पार्टी विभाजनको चरणमा पुगेपछि क्याम्प परिवर्तन गरे कै कारण तामाङकी श्रीमती उषाकला राई प्रदेश सरकारको मन्त्री बनिन् भने, तामाङले पछिल्लो पटक गत जेष्ठ अन्तिम साता केहि दिन स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत पाएका हुन् ।

अहिले नेकपा एमालेको केन्द्रिय कार्यालय सचिव रहेका तामाङले तत्कालीन एमालेका वरिष्ठ नेता माधव नेपालसंग दुई प्रतिशत भोट पनि नरहेको टिप्पणी गरेपछि उनको तिव्र आलोचना भएको छ ।

सामाजिक सञ्जालमा नेता तामाङले माधव नेपालले पार्टी फुटाएपछि उकिो पक्षमा एमालेको २ प्रतिशत मत समेत नरहेको दावी गरेका थिए । उनको यो पछिल्लो टिप्पणी पछि उन कै समर्थक तथा मतदाताले–थुतुनु नसमाल्दा मन्त्री पद खुस्केको ईतिहास नभुल्न र संम्यम भएर राजनीति गर्न संझाएका छन् ।

मानवशास्त्रमा पी.एच.डी गरिरहेको तथा बार काउन्सिलबाट लाइसेन्स प्राप्त कानुन् व्यवसायी समेत रहेको व्यक्तिले किन यस्तो छुद्र टिप्पणी गर्ने ? भन्ने प्रश्नमा तामाङले आफ्नो टिप्पणीलाई एमाले भित्रको राजनीतिक वास्तविकताका रुपमा व्यख्या गरे ।

परम्परागत कृषि प्रणालीको विकल्प के हुन सक्छ भन्ने विषयमा मानवशास्त्रीय दृष्छिटकोणबाट पीएचडी गर्दैगरेका तामाङको यो अभिव्यक्तिले उनको राजनीतिक जीवनमा कस्तो क्षेती पुग्छ–भविश्यले देखाउने छ । नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका तामाङ ०७० मा सिन्धुपाल्चोक ३ र ०७४ मा क्षेत्र घटेपछि क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

०६४ को पहिलो संविधानसभा निर्वाचनमा ९८ मतले पराजित भएका तामाङको अलोचनात्मक टिका टिप्पणी कै कारण अहिले माओवादी केन्द्रका नेता कार्यकर्ता समेत रुष्ट छन् । तामाङको सभामुखको भुमिकालाई लिएर हालै–अग्नि सापकोटालाई महाअभियोग लगाउनुपर्छ भन्ने दृष्टिकोण सार्वजनीक गरेका थिए ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!