आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीतिसरकारको दावी: राजनीतिक नियुक्ती र पदस्थापन मुख्य उपलव्धी !

सरकारको दावी: राजनीतिक नियुक्ती र पदस्थापन मुख्य उपलव्धी !


काठमाडौ । विगत ६७ दिनदेखी ४ जना मन्त्रीको भरमा चलिरहेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले चौतर्फि आलोचनाका बीचमा आफ्ना महत्वपूर्ण उपलव्धी विवरण सार्वजनीक गरेको छ ।

प्रधानमन्त्रीको सचिवालयले सार्वजनीक गरेको महत्वपूर्ण कामको सूचीमा मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको, एमसीसी पास गर्न पहल गरेको र पार्टीको महाधिवेशनका सन्दर्भमा देखिएका विवाद बारे केहि पनि उल्लेख छैन । तर पनि महत्वपूर्ण उपलब्धिका रुपमा सरकारले, नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति तथा राष्ट्रिय योजना आयोगमा विश्व पौडेलको नियुक्तिलाई महत्वपूर्ण काम भनेको छ ।

यस्तै एकैदिन तीन लाखलाई खोप दिनु, १८ वर्षमुनिका बालबालिकालाई दिइने ४० लाख मात्रा मोर्डना खोप खरिदको टुंगो लगाउनु र बाढी पहिरो र डुबान पीडितको युद्धस्तरमा उद्धार, राहत र पुनस्थापनामा जुट्नुलाई पनि सरकारले उपलब्धिको सूचीमा राखेको छ ।

यस्तै, कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि विशेष प्याकेज, कर्मचारी, शिक्षक, सेना, प्रहरी स्वास्थ्य सेवाका कर्मचारीको तलब बृद्धि, क्यान्सर, मृगौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता, अति विपन्न गरिब घर परिवारलाई दश हजार रुपैयाका दरले राहत दिनु पनि सरकारको उपलब्धिको रुपमा राखिएको छ । तर पनि संसदबाट बजेट सम्वन्धी प्रतिस्थापन विधयक पारित नै भएको छैन ।

राजधानीका दश ठाउँमा सस्तोमा भोजनको व्यवस्था, विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ र ‘महिला लक्षित महिला पहिला कार्यक्रम’, भूमि आयोगको गठन, एमसीसीमा राष्ट्रिय सहमति निर्माणको पहल, प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिन अनौपचारिक छलफल र संवाद, त्रिचन्द्र कलेज र घण्टाघर पुनर्निर्माणको निर्णयलाई देउवा सरकारले २ महिनाभित्र गरेका १५ उपलब्धिको रुपमा प्रस्तुत गरेको छ ।

दार्चुलाको तुईन प्रकरण, खलंगामा नेपाली भुमि माथि भारतीय सैन्य हेलिकोप्टरले गरिरहेको हवाई गस्ति, सिमा विवाद र बजेट होलीडेको बिषयमा भईरहेको आलोचना बारे पनि सरकारले कुनै प्रतिक्रिया जनाएको छैन ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!