आईतबार, असोज ३१, २०७८
गृहपृष्ठराजनीति१३ जिल्लामा कांग्रेसको वडा अधिवेशन नै अनिश्चित

१३ जिल्लामा कांग्रेसको वडा अधिवेशन नै अनिश्चित


काठमाडौ । पटक पटक महाधिवेशनको तालिका प्रभावित बनेको नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अझै १३ जिल्लामा वडा तहको अधिवेशन हुन सकेको छैन । शुक्रवार सम्म ५७ जिल्लामा वडा तहको अधिवेशन सकिए पनि सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा कै अधिवेशन विवादित छ । रामचन्द्र पौडेल समुहले डंडेलधुरा मै देउवा समुहले धांदली गरेको आरोप लगाई रहेको छ ।
१४ औं महाधीवेशनका लागि गठित् केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले ५७ जिल्लाको वडा तहको अधिवेशन सकिएको विवरण आईपुगेको पुष्टि गरेका छन् । बाँकी २० जिल्लामध्ये ७ जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशित भएको छ भने १३ जिल्लामा अझै अधिवेशन हुने वा नहुने अनिश्चित छ । विवाद कै कारण प्रदेश २ का कुनै पनि जिल्लाबाट क्रियाशील सदस्यको विवरण नआएको श्रेष्ठले बताए । मतदाता कै विवरण टुंगो नलागेकाले डोल्पा, रसुवा, बाँके, सुर्खेत र कैलालीमा समेत अधिवेशन अनिश्चित् बनेको छ ।
केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले पछिल्लो पटक क्रियाशील सदस्यको नामावली प्रकाशित भएका ७ जिल्लामा निर्वाचन समितिले निर्वाचन अधिकृत खटाई सकेकाले काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा असोज ५ गते वडा अधिवेशन हुने तालिका आईसकेको छ । सदस्यको नामावली नै टुंगो नलागेका १३ जिल्लामा अधिवेशन कहिले हुन्छ भन्ने निश्चित नरहेको श्रेष्ठले स्विकार गरे ।
असोज ५ गते वडा तहको अधिवेशन सुरु हुने काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा भने आफ्नो उपस्थिति बलियो बनाउन केन्द्रिय तहका नेता समेतले दौडधुप थालेका छन् ।

क्रियाशील सदस्यताको विषयलाई लिएर रौतहटसहित जिल्लाका नेता कार्यकर्ताले अहिले पनि केन्द्रीय कार्यालयमा धर्ना र अनसन जारी राखेका छन् । नेताहरुले सदस्यताको विषयलाई त्यहीकारण पटक पटक महाधिवेशन प्रभावित भइसक्दा पनि टुंगो लगाउन सकेका छैनन् ।

क्रियाशील सदस्यकै टुंगो लगाउन नसकेपछि कांग्रेसले १८ भदौका लागि तोकेको वडा अधिवेशन समयमा गर्न नसकेर ५ असोजका लागि वडा अधिवेशनकै अर्को मिति तोकेको हो । त्यसपछि ९ असोजमा पालिका तहको अधिवेशन गर्ने कार्यतालिका छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!