आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठराजनीतिकांग्रेस सिन्धुपाल्चोकसहित ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगियो

कांग्रेस सिन्धुपाल्चोकसहित ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगियो


काठमाडौ । क्रियाशील सदस्यता विवादमा रहेकाे सिन्धुपाल्चोकसहितकाे सदस्यता टुंगिएकाे छ । सिन्धुपाल्चोकसहित ८ जिल्लाकाे सदस्यता विवाद टुंगिएको हाे ।
मंगलबार साँझ विवाद मिलेको क्रियाशील टुङ्ग्याउन गठित कार्यदलले जनाएकाे छ । कार्यदलकाअनुसार
मंगलबार काभ्रे, सिन्धुपाल्चोक, मोरङ, मोहत्तरी, बर्दिया, पर्सा, कैलाली बाजुराको सदस्यता विवाद टुंगोमा पुगेकाे हाे ।
बाँकी जिल्लाको विवाद क्रमशः मिलाउँदै जाने कार्यदलले जनाएकाे छ ।
क्रियाशील सदस्यता विवादकै कारण २० जिल्लामा कांग्रेसले हालसम्म वडा अधिवेशन गर्न सकेको छैन । कार्यतालिका अनुसार १८ भदौमा ७७ जिल्लाको वडा अधिवेशन गर्ने भनिएपनि हालसम्म ५६ जिल्लाको मात्र सम्पन्न भएको छ ।

 


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!