“विपदमा परेका जनतालाई जोगाउनु राजनीति दलको कर्तव्य हो” बस्नेत

मेलम्ची ।
हेलम्बु र मेलम्चीको बाढी पीडितलाई तत्कालका लागि केही सहयोग भएपनि दीर्घकालीन सहयोगको लागि दीर्घकालीन निति बनाउ पर्ने पुर्व मन्त्री एवम् नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य विपद ब्यबस्थापन समितिका सयोजक मोहन बहादुर बस्नेले बताएका छन् । विपदमा काङ्ग्रेसको भुमिका आयोजित कार्यक्रममा हेलम्बु मेलम्ची बाढी पीडितको छलफल कार्यक्रम बस्नेतले यस्तो बताएका हुन।
नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक प्रतिनिधि सभा २ को प्रदेश ख ले पीडितहरुको सुझाव लिन गरेको कार्यक्रममा बोल्दै उने, हामी राजनीति दलले जनता पहिला जोगाउनु कर्तव्य हो, जनता नै नभए राजनीतिको अर्थ नरहने भन्दै नेता बन्न खोज्नहरुले जनताको लागि सोच्नुपर्ने बताए।
हेलम्बु मेलम्चीका स्थानीयले बाढीको पिडा भोगेका छन उनीहरुको लागि हामीले सोच्न पर्ने छ, बाटो घाटो पुल पुलेसा निर्माण तत्काल गर्न पर्ने र पीडित स्थानीयको लागि दीर्घकालीन कार्य योजना बनाएर सहयोग गर्न पर्ने पुर्व मन्त्री बस्नेतले बताए। उनले थपे, जनतालाई सास्ती छ, बाटो कहि कतै छैन आवातजावत बन्द छ । तर राजनीति दलका नेताहरु हेलिकप्टर लिएर घुम्न आउछन् जनताको पिडामा बस्नेतले भने, सिन्धुपाल्चोकमा बामपंथी गठबन्धनले निर्वाचन जिते तर जनताको लागि सिन्को भान्च सकेनन्, सभामुख देखि सघिय मन्त्री, प्रदेश मन्त्री हुदा समेत हेलम्बु र मेलम्चीका बाढी पीडितले राहत समेत नपाएको बस्नेले बताए।
क्याटेगोरी : राजनीति
तपाईको प्रतिक्रिया दिनुहोस