शुक्रबार, असोज १, २०७८
गृहपृष्ठराजनीति‘क्रियाशील सदस्यता वितरणमा दादागिरी भयो’ बरिष्ठ नेता पौडेल

‘क्रियाशील सदस्यता वितरणमा दादागिरी भयो’ बरिष्ठ नेता पौडेल


काठमाण्डौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता वितरणमा एक पक्षको दादागिरी भएको आरोप लगाएका छन् । अहिले भइरहेको नेपाली कांग्रेसको अधिवेशन मनपरी रुपमा भएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गन गरेको बताएका हुन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले आयोजना गरेको १४ औं महाधिवेशन नीति र नेतृत्व विषयक विचार विशेष कार्यक्रममा नेता पौडेलले पार्टी कमिटिलाई एकातिर राखेर प्रहरी प्रशासन राखेर वडा अधिवेशन देउवाले गर्न लगाएको आरोप लगाए । डडेलधुरा घटना त्यसको प्रतिनिधि भएको भन्दै पौडेलले लोकतन्त्रमाथि नेताहरुबाटै खतरा भएको बताए ।


क्याटेगोरी : राजनीति, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!