शुक्रबार, असोज १, २०७८
गृहपृष्ठराजनीति‘पार्टी विभाजनपछि सिन्धुपाल्चोकमा पनि केही छिटा परेको छ, त्यो स्वभाविक’ तामाङ (भिडियो)

‘पार्टी विभाजनपछि सिन्धुपाल्चोकमा पनि केही छिटा परेको छ, त्यो स्वभाविक’ तामाङ (भिडियो)


चौतारा ।
नेकपा एमालेका नेता शेरबहादुर तामाङले एमालेमा भएको विभाजनले सिन्धुपाल्चोकमा पनि केही छिटा परेको स्वीकार गरेका छन् । सिन्धु खबर अनलाइन टेलिभिजनसँग कुरा गर्दे नेता तामाङले छिटा पर्नु स्वभाविक भएको बताए ।
‘र, पनि नेकपा एमाले सिन्ध्ुपाल्चोकमा कुनै पनि समस्या आउँदैन । सिन्धुपाल्चोकको एमालेभित्र राजनीति गर्ने नेतृत्व निर्वाह गर्ने सवै साथीहरु, नेताहरु नेकपा एमाले कै पक्षमा हुनुहुन्छ,’ उनले भने, ‘हामी विचलित हुने छैनौं । सबै एकै ठाउँमा छौं । पार्टीको पक्षमा उभिन्छौं ।’
उनका अनुसार यो साता नै पार्टीको बैठक हुन्छ । त्यसमा सबै सहभागी हुनुहुन्छ । पहिले गर्दै आएका काम र अबको योजनाबारे छलफल हुन्छ ।
‘नेपाल नेतृत्वको नेकपा समाजवादीमा केही साथीहरु बुझेर या नबुझिकनै उभिएको देखिएको छ । तर, अन्तिममा पनि उहाँहरु फर्कनुहुन्छ । हामी सम्पर्कमै छौं ।’ उनले दाबी गरे ।


क्याटेगोरी : राजनीति, सिन्धु खबर टिभी


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!