शुक्रबार, असोज १, २०७८
गृहपृष्ठराजनीतिअन्तत : सिन्धुपाल्चोकमा केपी नेतृत्वको एमाले बलियो

अन्तत : सिन्धुपाल्चोकमा केपी नेतृत्वको एमाले बलियो


चौतारा । नेकपा एमालेबाट छुट्टिएर बनेको माधव नेपाल नेतृत्वको नेकपा (समाजवादी)को तुलनामा सिन्धुपाल्चोकमा केपी ओली नेतृत्वको नेकपा एमाले बलियो बलियो सावित भएको छ । राजनीतिक दल सम्बन्धी अध्यादेशले २१ दिनभित्र दल रोज्न पाउने व्यवस्था अधिकार अति नै न्यून जनप्रतिनिधिले लिएपछि एमाले बलियो भएको हो ।
अध्यादेशले दिएको दल रोज्न पाउने आजसम्म मात्रै थियो । जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका अनुसार स्थानीय जनप्रतिनिधिमध्ये दुई जनाले मात्रै त्यो अधिकार लिएका छन् ।

कार्यालयका अनुसार मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपाल र चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० का अध्यक्ष बेलबहादुर महतले मात्रै नेकपा (समाजवादी) रोजर कार्यालयमा सनाखत गरेका छन् । बाँकी जनप्रतिनिधि सनाखत गर्न नआएको निर्वाचन कार्यालयले जनाएको छ । आज कार्यालय समयसम्म कोही पनि समाजवादीमा सनाखत गर्न नआएसँगै एमाले बलियो सावित भएको हो ।
सिन्धुपाल्चोकमा पार्टी विभाजन हुनुअघिको एमाले भित्रको गुटीय राजनीति हेर्ने हो भने त्यतिबेला माधव पक्षधर धेरै थिए । तर, अहिलेको यो राजनीति माहोल उल्टिएको हो । अहिले केपी ओली नेतृत्वको नेकपा एमालेमा सिन्धुपाल्चोकका फ्रन्टलाइनर नेताहरु समाहित छन् । पहिले माधव पक्ष लागेकाहरुले अहिले ओली पक्षको एमालेमै बस्ने भएका छन् ।
पहिले माधव पक्ष करिब ९० प्रतिशत नेताहरु थिए । अहिले त्यसको ठिक उल्टो भएको एमले नेताहरु बताउँछन् । समाचार तयार पार्दासम्म सिन्धुपाल्चोकमा अहिलेको माधव पक्ष चाँहि करिब १० प्रतिशतको हाराहारीमा मात्रै छन् ।

ओली नेतृत्वको एमालेलाई पूर्व साँसद अमृतकुमार बोहरा, कृष्णराज श्रेष्ठ, सुभाष कर्माचार्य, वाग्मती प्रदेशका साँसदद्वय अरुण नेपाल, सरेश नेपालसहित स्थानीय निर्वाचनमा एमालेबाट जित हासिल गरेका स्थानीय तहका प्रमुख र उपप्रमुखले साथ दिएका छन् ।
फ्रन्टलाइनर नेता मध्ये राष्ट्रिय सभाका साँसद सिंहबहादुर विश्वकर्मा, वाग्मती प्रदेश साँसद इन्द्रमाया गुरुङ, चौतारा साँगाचोकगढी नगरपालिकाका मेयरका प्रत्यासी सोम सापकोटासहित केही वडाअध्यक्ष मात्रै नेकपा समाजवादीमा खुलेका छन् । एमाले सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपाल पनि ओली पक्षमै छन् ।

यसअघि माधव पक्ष मानिएका जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङ पनि केपी पक्षमै लागेका छन् । समन्वय समितिकी उपप्रमुख बालकुमारी सापकोटासहित बाह्रबिसे नगरपालिका मेयर–उपमेयर निम्फुञ्जो शेर्पा, सुशीला पाख्रिन, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष–उपाध्यक्ष भूपेन्द्र श्रेष्ठ, दुर्गा नेपाल, लिसंखुपाखरका अध्यक्ष कमल नेपाल, हेमगंगा मोक्तान, बलेफी गाउँपालिका अध्यक्ष–उपाध्यक्ष केदार क्षेत्री, कमला श्रेष्ठ, जुगलकी अध्यक्षؘ–उपाध्यक्ष होृमनारायण श्रेष्ठ। सिर्जना तामाङ, मेलम्ची नगरपालिका मेयर–मेयर डम्बरबहादुर अर्याल र पाँचपोखरी गाउँपालिका अध्यक्ष–उपाध्यक्ष टासी लामा र सुनिता अधिकारी पनि केपी खेमामै उभिएपछि माधव पक्षको तुलनामा सिन्धुपाल्चोकमा केपी नेतृत्वको एमाले बलियो भएको हो ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!