शुक्रबार, असोज १, २०७८
गृहपृष्ठराजनीतिएमालेको गुटीय राजनीतिमा उल्टिँदै सिन्धुपाल्चोक, दल छान्ने मौका आज मात्रै

एमालेको गुटीय राजनीतिमा उल्टिँदै सिन्धुपाल्चोक, दल छान्ने मौका आज मात्रै


चौतारा । नेकपा एमालेबाट छुट्टिएर बनेको माधव नेपाल नेतृत्वको नेकपा (समाजवादी)मा जाने या एमालेमै रहने भन्ने मौका जनप्रतिनिधिका लागि आज एक दिन मात्रै बाँकी रहेको छ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुका लागि अध्यादेशले दल रोज्न दिएको अधिकार आज सकिदैछ ।
सिन्धुपाल्चोकमा पार्टी विभाजन हुनुअघिको एमाले भित्रको गुटीय राजनीति हेर्ने हो भने त्यतिबेला माधव पक्षधर धेरै थिए । तर, अहिलेको यो राजनीति माहोल उल्टिने लगभग पक्का बनेको छ । अहिले केपी ओली नेतृत्वको नेकपा एमालेमा सिन्धुपाल्चोकका फ्रन्टलाइनर नेताहरु समाहित छन् । पहिले माधव पक्ष लागेकाहरुले अहिले ओली पक्षको एमालेमै बस्ने भएका छन् ।

पहिले माधव पक्ष करिब ९० प्रतिशत नेताहरु थिए । अहिले त्यसको ठिक उल्टो भएको एमले नेताहरु बताउँछन् । समाचार तयार पार्दासम्म सिन्धुपाल्चोकमा अहिलेको माधव पक्ष चाँहि करिब १० प्रतिशतको हाराहारीमा मात्रै छन् ।
ओली नेतृत्वको एमालेलाई पूर्व साँसद अमृतकुमार बोहरा, कृष्णराज श्रेष्ठ, सुभाष कर्माचार्य, वाग्मती प्रदेशका साँसदद्वय अरुण नेपाल, सरेश नेपालसहित स्थानीय निर्वाचनमा एमालेबाट जित हासिल गरेका स्थानीय तहका प्रमुख र उपप्रमुखले साथ दिएका छन् ।

फ्रन्टलाइनर नेता मध्ये राष्ट्रिय सभाका साँसद सिंहबहादुर विश्वकर्मा, वाग्मती प्रदेश साँसद इन्द्रमाया गुरुङ, चौतारा साँगाचोकगढी नगरपालिकाका मेयरका प्रत्यासी सोम सापकोटासहित केही वडाअध्यक्ष मात्रै नेकपा समाजवादीमा खुलेका छन् । एमाले सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपाल पनि ओली पक्षमै छन् ।
प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुका लागि अध्यादेशले भनेको छ, ‘राजनीतिक दल सम्बन्धी अध्यादेशले २१ दिनभित्र दल रोज्न पाउने व्यवस्था जनप्रतिनिधिलाई दिएको छ । प्रदेशका साँसद, स्थानीय तहका जनप्रतिनिधिले अध्यादेश अनुसार निर्माण भएका पार्टी रोज्न पाउनेछन् । र, २१ दिन भित्र नयाँ पार्टीमा गएका जनप्रतिनिधिको जागिर जाने छैन ।
अध्यादेशको दफा ३३ को उपदफा २ मा दल गठन हुनु भन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सदस्य वा स्थानीय तहका जनप्रतिनिधि नयाँ दल गठन भएको २१ दिन भित्र नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन ।’ त्यो समयसीमा आज कार्यालय समय सकिएपछि सकिनेछ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!