शुक्रबार, असोज १, २०७८
गृहपृष्ठराजनीतिभोलि असम्भव, कहिले हुन्छ सिन्धु कांग्रेसको वडा अधिवेशन ?

भोलि असम्भव, कहिले हुन्छ सिन्धु कांग्रेसको वडा अधिवेशन ?


चौतारा । नेपाली कांग्रेसले सार्वजनिक गरेको तालिकाअनुसार वडा अधिवेशन आउन एक दिनमात्र बाँकी छ । विविध कारणवस सिन्धुपाल्चोकलगायतका जिल्लामा भने वडा अधिवेशन तोकिएको मितिमा नहुने भएको हो ।
नेपाली कँंग्रेसको क्रियाशील विवद अझैसम्म उस्तै छ । सिन्ध्ुपाल्चोकको क्रियाशील सदस्यता सार्वजनिक नभएकै कारण अधिवेशन सम्भव नभएको जिल्ला सभापति विकाश लामाले जानकारी दिए ।

सिन्धुपाल्चोकको क्षेत्र नं. १ का ८ वटा वडाका सदस्यता विवादमा थियो । त्यो सल्टियो या के भयो भन्नेबारे जिल्ला समिति नै अनविज्ञ छ ।
निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक नगरिएका जिल्लाको अधिवेशन के हुन्छ भन्ने अझै भन्न सकिने अवस्था छैन ।
कांग्रेस निर्वाचन समितिले हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यताको सूची दिएकाले सार्वजनिक गरेको छ । ‘विवाद नहुने गरि क्रियाशील सदस्यता सावर्जनिक भएका यही साताभित्रै वडा अधिवेशन गर्न सकिनेछ ।’ सभापति लामाले सिन्धुखबरलाई भने ।

क्रियाशील सदस्यता सार्वजनिक नभएका जिल्लामा राजधानी काठमाडौँ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, प्रदेश नं २ का आठवटै जिल्ला, डोल्पालगायत २१ जिल्ला छन् ।
निर्वाचन कार्यतालिकाअनुसार भदौ २७ गते पालिकास्तरीय अधिवेशनको कार्यक्रम छ । बाँकी २१ जिल्लाका वडामा त्यसअघिसम्म वडा अधिवेशन सक्ने गरी तयारी भइरहेको समितिले जनाएको छ । प्रदेश क्षेत्र, क्षेत्र, जिल्ला, प्रदेशको अधिवेशन सकी आगामी मङ्सिर दोस्रो साता १४ औँ केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको तयारी छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!