शुक्रबार, असोज १, २०७८
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोकमा केपी पक्षलाई पहिले पत्तासाप, पद पाएपछि अहिले साथ, माधवलाई धोका

सिन्धुपाल्चोकमा केपी पक्षलाई पहिले पत्तासाप, पद पाएपछि अहिले साथ, माधवलाई धोका


चौतारा ।

सिन्धुपाल्चोकमा साविक एमालेभित्रको गुटीय राजनीति–१
त्यतिबेला नवौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट गर्नुपर्ने थियो सिन्धुपाल्चोक एमालेले । को जाने भन्नेमा एमालेभित्रै विवाद देखियो । अन्तत? निर्वाचन प्रक्रियाबाट महाधिवेशन छान्ने निष्कर्षमा एमाले पुग्यो ।
अनि चुनाव भयो । केही जुनिययरहरुले चुनाव जिते उनीहरु महाधिवेशन प्रतिनिधि भए । सिनियरहरु हारे । त्यतिबेला गुटीय राजनीतिकै कारण मदन भण्डारीसँग साम्प्यिता रहेका, राजनीतिका सहयात्री जिल्लाका पुराना कम्पुनिष्ट नेता जगन्नाथ आचार्य पनि हारे । होम नारायण श्रेष्ठ, अनि सोम सापकोटाहरु हारे ।
कारण थियो । उनीहरु एमाले भित्र केपी पक्ष थिए । माधव नेपाल पक्षधरको बाहुल्य रहेको सिन्धपाल्चोक एमालेमा भाग्यवस केपी पक्षबाट बालकृष्ण देउजा मात्रैले जिते ।
सिन्धुपाल्चोकमा साविक एमालेभित्रको गुटीय राजनीति–२
त्यतिबेला आठौं महाधिवेशनपछिको राष्ट्रिय परिषदको समय थियो । जिल्लाबाट प्रसितनिधि छान्न त्यतिबेला एमालेलाई निकै सकस भयो । अनि छनोट प्रक्रियामा गयो ।
क्षेत्र नं. १ बाट तीर्थ ढकाललाई हराउँदै केदार क्षत्रीले जित हासिल गरे, त्यस्तै क्षेत्र नं. २ बाट सोम सापकोटालाई पछि पार्दै सुभाष कर्माचार्यले बाजी मारे भने क्षेत्र नं. ३ मा धर्मकृष्ण श्रेष्ठ हारे । डम्बरबहादुर अर्यालले जिते ।
कारण थियो । ढकाल,सापकोटा अनि श्रेष्ठ केपी ओलीलाई मूल नेता मानेर राजनीति गरिरहेका थिए । भने जितेका तीनै जनाका मूल नेता थिए माधवकुमार नेपाल ।
सिन्धुपाल्चोकमा साविक एमालेभित्रको गुटीय राजनीति–३
पछिल्लोपटक नेपालेको जिल्ला अधिवेशनमा पनि उस्तै प्रकृतिको गुटीय राजनीतिले डेरा जमायो । जिल्ला अधिवेशनमा झम्क नेपाल र होमनारायण श्रेष्ठ बीच अध्यक्षमा स्पर्धा भयो । बाजी मारे नेपालले । किनकी उनी नेपालकै पक्षधर थिए । केपी ओली निकट रहेका होमनारायण पराजित भए । यो अध्यक्ष पदको मात्रै कुरा हो ।
यी र यस्ता धेरै उदाहरणहरु छन् कि साविक एमाले भित्र केपी पक्षले गरेका संघर्ष अनि बारम्बार व्यहोर्नुपरेको हार ।

तर अहिलेको सिनारियोले ठिक त्यसको विपरित देखाउँछ सिन्धुपाल्चोक एमालेभित्रको राजनीति ।
पहिले उही केपी पक्षधरलाई कतै प्रवेश दिन नचाहने नेताहरु अहिले उही केपीकै साथ दिदैं राजनीति मैदानमा छन् । दल परिवर्तनमा जनप्रतिनिधिका लागि अझै समय भएपनि पहिले केपी पक्षधरलाई आन्तरिक राजनीतिमै ‘नो इन्ट्री’ गराउने ‘फ्रन्टलाइनर’ नेता भनिएकाहरु अहिले माधव पक्षमा जानबाट रोकिरहेका छन् ।
या भनौं, पहिले केपी पक्षलाई पत्तासाप बनाउनेहरु नै अहिले केपीकै पक्षमा छन् ।
यो किन भन्नेबारे धेरैका मत फरक फरक छ ।
कतिपयले भन्छन्–‘केपीले सूर्य चिन्हबाट चुनाव उठ्ने भएकाले हो ।’
‘केन्द्रीय अनुशासन आयोगका अमृत बोहरा र पोलिट्व्युरो सदस्य अरुण नेपाल नखुलेकै कारण अरु नेता मौन छन्,’ एमालेका एक जिल्ला नेताले भने ।

———————————————

पहिले केपी पक्षधरलाई आन्तरिक राजनीतिमै ‘नो इन्ट्री’ गराउने ‘फ्रन्टलाइनर’ नेता भनिएकाहरु अहिले माधव पक्षमा जानबाट रोकिरहेका छन् ।

पहिले माधव नेपाल निकट रहेका एमालेका नेताहरु पदको आशमा कित्ता बदलेर केपी पक्षमा

माधव पक्षमा भएका नेताहरु केही केपीकै एमालेमा रहने र केहीले माधव आफ्नो मूल नेता भएकाले उतैतिर लाग्नुपर्ने तर्क

———————————————

चौतारा साँगाचोकगढी नगरपालिकामा मेयरको प्रतिष्पर्धा गरेका नेता, एमाले वाग्मती प्रदेशका नेता सोम सापकोटा भने अहिले माधव नेपालको नेकपा (एकिकृत समाजवादी)मा खुलेर लागेका छन् । उनीसँगै राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्मा, मेलम्ची नगरपालिकाकी उपमेगर भगवती नेपालले आफ्नो कित्ता क्लिएर गरिसके ।
‘एमाले विभाजन हुनासाथ सिन्धुपाल्चोकले पद पाएका कारण सबै केपी पक्षमै रहनुभएको हो,’ नेता सोम सापकोटाले भने, ‘पहिले माधव नेपाल निकट रहेका एमालेका नेताहरु पदको आशमा कित्ता बदलेर केपी पक्षमा बसिरहनुभएको हो ।’ सिन्धुपाल्चोककी बुहारी अष्टलक्ष्मी शाक्यले वाग्मती प्रदेशको मुख्य मन्त्रीमा नियुक्त भएसँगै सिन्धुपाल्चोकको सिनारियो बदलिएको उनको भनाई छ । तर, शाक्य काठमाण्डौंबाट प्रदेश सभामा विजयी भएकी हुन् । उनी बोहराकी धर्मपत्नी भएकै कारण सिन्धुपाल्चोकका एमाले नेताहरुले आफ्नो मानेका हुन् ।
‘माधव पक्षमा खुल्ने नेताहरु सिन्धुपाल्चोकमा बढ्दै छ,’ सापकोटाले टेलिफोनमा भने, ‘फ्रन्टलाइनर’ नेताहरु एमालेबाट कम्तीमा ५० प्रतिशत नेकपा (एकिकृत समाजवादी)मा भित्रनुहुन्छ ।
तर, समय अझै बाँकी छ । नेकपा एमालेका जिल्ला सचिव एवं लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल भन्छने, ‘हामी अझै छलफलमै छौं, एमाले मै रहने कि आफ्नो आफ्नो सु्र गर्ने भन्नेबारे नेताहरुसँग धारणा बुझ्ने काम भएको छ ।’
नेपालले यसअघि माधव पक्षमा भएका नेताहरु केही केपीकै एमालेमा रहने र केहीले माधव आफ्नो मूल नेता भएकाले उतैतिर लाग्नुपर्ने तर्क राखेका बताए । ‘हाम्रो आदर्श, हाम्रो विचारधारा माधव नेपालसँगको हो,’ धेरैले राखेको तर्क उदृत गर्दै सचिव कमलले सिन्धु खबरलाई भने ।
यसअघि राजधानीमा बसेको बैठकप्रति लक्षित गर्दै नेपालले सबैको धारणा बुझेको मात्रै सुनाए । ‘सबै उपस्थितहरुले ओलीको एमालेमा रहनुपर्छ भन्ने कुरा गुर्नभएन,’ उनले भने, ‘कतिपयले विचारको मूल नेता माधव नेपाल भएकाले सोच्नुपर्ने समेत बताउनुभएको छ ।’ उनले समाचारमा आएजस्तो सबै ओलीपक्षको एमालेमा रहन अनिच्छुक रहेको समेत सुनाए ।
नेकपा एमालेका पोलिट्व्यूरो सदस्य एवं वाग्मती प्रदेशका पूर्व मन्त्रीसमेत रहेका नेता अरुण पौडेलले पार्टी फुटाउने भन्दा जुटाउनेमा एकमत हुनुपनमा जोड दिए । ‘अहिले विभाजनमा जिल्लालाई प्रभाव पार्न सक्न नेताहरु एक जुट हुनपर्ने र त्यो नै महत्वपूर्ण हो ।’, उनको भनाई थियो, ‘एमाले हामीले बनााएका हौं, हामीले निर्माण गरेका हौं, जता हो एक हुनु जरुरी छ ।’ उनले एकै ठाउँमा रहनेमा शब्द फरक हुने तर सहमति अनि असहमति गाह्रो हुने तर्क राखे ।
यसअघि केन्द्रीय नेताहरु अमृतकुमार बोहरा, अरुण नेपालसहित अधिकांश प्रदेशस्तर र जिल्लास्तरका नेताहरु नेपाल खेमामा खुलेका थिए । पूर्व साँसद सुभाष कर्माचार्यसहित जिल्ला अध्यक्ष झम्क नेपाल माधव निकट मानिन्छ ।
ओलीले संसद विगठन गर्दाताका जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ माधव समूहमै थिए ।
त्यतिबेला राष्ट्रिय रुपमै चर्चा पाएको सिन्धुपाल्चोकमा जिल्ला, पालिका र वडास्तरसम्म रहेका जनप्रतिनिधि र पार्टी कमिटीका झन्डै ९० प्रतिशत नेता–कार्यकर्ता माधवतिर देखिएका थिए ।
बाह्रबिसे नगरपालिका मेयर–उपमेयर निम्फुञ्जो शेर्पा, सुशीला पाख्रिन, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष–उपाध्यक्ष भूपेन्द्र श्रेष्ठ, दुर्गा नेपाल, लिसंखुपाखरका अध्यक्ष कमल नेपाल, बलेफी गाउँपालिका अध्यक्ष–उपाध्यक्ष केदार क्षेत्री, कमला श्रेष्ठ, जुगलकी उपाध्यक्ष सिर्जना तामाङ, मेलम्ची नगरपालिका मेयर–उपमेयर डम्बरबहादुर अर्याल, भगवती नेपाल र पाँचपोखरी गाउँपालिका अध्यक्ष–उपाध्यक्ष टासी लामा र सुनिता अधिकारी माधव पक्षमा देखिएको भएपनि उनीहरु समेत अझै केही बोलेका छैनन् । जसमा चार वडाध्यक्ष मात्रै ओली समूहतिर त्यतिबेला देखिएको हो । १२ गाउँपालिकामा रहेको पार्टी कमिटी नेताहरु पनि ९० प्रतिशत जसो माधवतिर देखिएको थियो ।
यी मध्ये अहिले मेलम्ची नगरपालिकाकी उपमेयर भगवती मात्रै नेपाल समुहमा खुलेकी छन् ।

यो पनि पढ्नुहोस्

एमाले सिन्धु नेताको वैठक : ओलीमै समाहित हैन, विचारको मूल नेता छान्ने तर्क 

सिन्धुपाल्चोकमा फुटपछिको एमाले : मौन बस्दा ओली, टाउको गन्दा नेपाल

जनप्रतिनिधि २९ भदौसम्म नेपालको पार्टीमा जान पाइने, को जाला सिन्धुपाल्चोकबाट ?

सिन्धुपाल्चोकका जनप्रतिनिधि किन मौन ? के सबै ओलीतिरै हुन् ?


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!