शुक्रबार, असोज १, २०७८
गृहपृष्ठराजनीतिवाग्मती प्रदेशको मुख्य मन्त्रीमा कांग्रेसका बाँनिया र एसका पाण्डेको दावी

वाग्मती प्रदेशको मुख्य मन्त्रीमा कांग्रेसका बाँनिया र एसका पाण्डेको दावी


काठमाण्डौं । मुख्य मन्त्री भएको साता नबित्दै अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि वाग्मती प्रदेशको सरकारमा नेपाली कांग्रेसले दावी गरेको छ ।
नेकपा एमाले विभाजनसँगै अल्पमतमा परेको वाग्मती प्रदेश सरकारलाई हटाई विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि छलफल थालेसँगै कांग्रेसले मुख्य मन्त्रीमा दावी गरेको हो । उता नेकपा समाजवादीका राजेन्द्र पाण्डे पनि मुख्य मन्त्री आफूले पाउनुपर्ने दाबी गर्दै आइरहेका छन् ।

एमाले अल्पमतमा परेपछि कांग्रेससँग नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्रको पनि दावी भने रहेको छ । प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली काँग्रेसको तर्फबाट संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले दाबी गरेका हुन् । माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले पनि सरकारको नेतृत्वको आशमा छन् ।
प्रदेश सरकारका लागि गठबन्धन बीच छलफल चलेपनि नेतृत्व कसले गर्ने भन्नेबारे गठबन्धनबीच ठोस सहमति हुन बाँकी छ । प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेसको दावी स्वभाविक रेहको प्रदेश सभा सदस्य निमा लामा बताउँछन् । माओवादी केन्द्रले पनिसाथ दिने एक खाले सहमति भएको उनले सिन्धु खबरलाई बताए ।
वाग्मती प्रदेशमा हाल कायम रहेका १०९ जना सांसदमध्ये नेकपा एमालेका ५६ सांसद थिए । एमाले विभाजनपछि १२ सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराइसकेका छन् । अब एमालेमा ४४ सांसदमात्र छन् ।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, विवेकशील साझाका ३ जना, राप्रपा र नेमकिपाका २–२ जना र एक स्वतन्त्र सांसद् छन् ।
प्रदेश सरकार गठनका लागि ५५ जना सांसदको समर्थन आवश्यक हुन्छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बहुमत जुटाउन थप ११ सांसदको समर्थन खोज्नुपर्ने हुन्छ ।
गठबन्धनका तर्फबाट माओवादी, काँग्रेस र एकीकृत समाजवादी मिल्दा सहजै बहुमत पुग्ने देखिन्छ। एकीकृत समाजवादीका १२, माओवादीका २३ र काँग्रेसका २२ गरी ५७ सांसदका साथ गठबन्धनले प्रदेश सरकार गठन गर्न सक्ने अवस्था छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!