शुक्रबार, असोज १, २०७८
गृहपृष्ठराजनीतिमेलम्चीकी उपप्रमुख भगवती माधव नेपाल पक्षमा

मेलम्चीकी उपप्रमुख भगवती माधव नेपाल पक्षमा


काठमाण्डौं ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेकी छन् । यसअघि पनि माधव नेपाललाई नै मूल नेता मान्ने नेपाल जिल्लका जनप्रतिनिधि नखुलेको अवस्थामा उनी समाजवादीमा आएकी हुन् ।
नेपाल पक्ष नेकपा(एकिकृत समाजवादी)को काठमाण्डौंमा आयोजित एक कार्यक्रममा आज उनी आएसँगै नेपाल पक्षमा खुलेको स्पष्ट भएको हो । आज (मंगलबार) पेप्सीकोलामा आयोजित उपत्यकामा उपलब्ध सिन्धुपाल्चोकका कार्यकर्ताको भेलामा उनी सहभागी भएकी थिइन्् ।
जनप्रतिनिधिलाई दल रोज्नका लागि निर्वाचन आयोगले यही भदौ २२ गतेसम्मको म्याद दिएको छ । एमालेमा नेपाल समूहको गढ मानिएको सिन्धुपाल्चोकका जनप्रतिनिधिले पार्टी स्पष्ट गरेका छैनन् । स्थानीय तहबाट जितेका जनप्रतिनिधिमध्ये नेपाल पक्षको कार्यक्रममा सार्वजनिक भएका मध्ये सिन्धुपाल्चोककी भगवती नेपाल पहिलो हुन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!