शुक्रबार, असोज १, २०७८
गृहपृष्ठराजनीतिसिन्धु कांग्रेसकाे क्रियाशील अझै आएन, अधिवेशन सर्ने

सिन्धु कांग्रेसकाे क्रियाशील अझै आएन, अधिवेशन सर्ने


चाैतारा । नेपाली कांग्रेसको वडा तहको अधिवेशन पुनः सर्न सक्ने सम्भावना देखिएकाे छ । क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न ढिलो भएसँगै वडा तहको अधिवेशन केही दिन पर सर्न सक्ने सम्भावना बढेकाे हाे ।
हालसम्म ५३ जिल्लाका क्रियाशील सदस्यहरुको सूची प्रकाशित गरिएको छ। वडा तहको अधिवेशनका लागि पाँच दिन मात्रै बाँकी छ। २४ जिल्लाका क्रियाशील सदस्यताको टुंगो हालसम्म लागेको छैन। साे मध्ये सिन्धुपाल्चोकको क्रियाशील सदस्यताकाे सूची अझै सार्वजनिक भईसकेकाे छैन ।
सिन्धुपाल्चोक क्षेत्र नं १ का ८ वटा वडाकाे क्रियाशील सदस्य विवादमा छ । जिल्ला सभापति विकाश लामाले साे विवादबारे अझै चलखेल भईरहेकाे हुन सक्ने भएकाले सूची सार्वजनिक भएकाे आशंका व्यक्त गरे ।
उनका अनुसार झण्डै साढे पाँच सयकाे क्रियाशील विवादमा परेकाे छ । उनीहरू सबैकाे सदस्यता आउनु पर्ने उनकाे माग छ ।

पार्टीले किस्ता/किस्ता गरी क्रियाशील सदस्यको सूची निर्वाचन समितिलाई उपलब्ध गराएको छ। निर्वाचन समितिलाई हालसम्म सबै जिल्लाको सूची प्राप्त नभएकाले भदौ १८ मा वडा अधिवेशन हुन नसक्ने बताइएको छ।
हालसम्म क्रियाशील सदस्यता टुंगिएका जिल्लामा निर्वाचन समितिले निर्वाचन अधिकृत खटाएको छ। आइतबार  क्रियाशील सदस्यता प्राप्त गर्न नसकेपछि भदौ १८ मा अधिवेशन गर्न सम्भव नहुने बताईएकाे छ ।
वडा अधिवेशन प्रभावित बनेपनि अन्य संरचनाका अधिवेशनको मिति परिवर्तन नहुने बताइएको छ। गाउँ/नगरपालिका अधिवेशन भाद्र २७ को लागि निर्धारण गरिएको छ। प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १ र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन असोज ५ मा हुने भएको छ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!