शुक्रबार, असोज १, २०७८
गृहपृष्ठराजनीतिचाैताराका सबै वडामा सकियाे राप्रपाकाे अधिवेशन

चाैताराका सबै वडामा सकियाे राप्रपाकाे अधिवेशन


चाैतारा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी चौतारा साँगाचोकगढी नगरपालिकाको १४ वटै वडामा अधिवेशन  सम्पन्न गरेकाे छ । पछिल्लाेपटक वडा नं.  ३ र १४ को सँयुक्त अधिवेशन गर्दै नगर भित्रका सबै वडामा राप्रपाले अधिवेशन सकेकाे हाे ।

अधिवेशनले वडा नं. ३ मा क्षेम्मो तामाङ र वडा नं. १४ मा अनुप वस्नेतको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेकाे छ ।
याे सँगै राप्रपा नगर अधिवेसनबाट वडा नं. १ स्याउलेमा तोकबआदुर तामाङ, वडा नं. २ बतासेमा  निरज श्रेष्ठ, ,  वडा नं. ५ मा केशव श्रेष्ठ,  वडा नं ६ मा कृष्ण बहादुर कुँवर , वडा नं. ७ मा नारायण बहादुर दुलाल ,  वडा नं. ८ मा शेरबहादुर पुर्कुटी, वडा नं. ९ मा  अर्जुन गिरी , वडा नं. १० मा धुर्व कार्की , वडा नं. ११ मा कुमार अर्याल,  वडा नं. १२ मा यम बहादुर गिरी , वडा नं. १३ मा मधुराम दँगाल र १४ मा अनुप वस्नेतको अध्यक्षमा कार्यसमीती चयन भएको जिल्ला सहसचिव दिपक थापाले जानकारी दिए ।
वडा नं ३ र १४ काे अधिवेशनमा  केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष बाबुराम खड्काले राप्रपा अब जनतामाझ क्रियाशील रहने बताए  । देशको आवश्यकता, जनताको चाहना पूरा गर्न युवा पुस्तासँग हामी हातेमालो गर्ने उनकाे भनाई थियाे ।

कार्यक्रममा  केन्द्रीय सदस्य  जितबहादुर भारतीले राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन यो अधिवेशनले अनेकता र विभाजन होइन सहमति र एकताको सन्देश दिनुर्ने  बताए।

राप्रपाले नगर अधिवेशन यही भदौ २१ गते केन्द्रीय अध्यक्ष पशुपती शम्शेर राणाकाे उपस्थितिमा  गर्ने याेजना राखेकाे छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!