शुक्रबार, असोज १, २०७८
गृहपृष्ठराजनीतिएमाले सिन्धु नेताको वैठक : ओलीमै समाहित हैन, विचारको मूल नेता छान्ने तर्क

एमाले सिन्धु नेताको वैठक : ओलीमै समाहित हैन, विचारको मूल नेता छान्ने तर्क


चौतारा । सिन्धुपाल्चोकको साविक एमाले गुट राजनीतिमा माधव नेपाल पक्षधर झण्डै ९० प्रतिशत नेता छन् । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रचण्ड र नेपाल एक भएको ठाउँमा अधिकांश नेताहरु समाहित भएका थिए । ओली पक्ष नगण्य थिए ।
अहिले माधव नेपालले नयाँ दल दर्ता गरेका छन्, नेकपा (एकिकृत समाजवादी) ।
शुक्रबार सिन्धुपाल्चोकका माधव पक्षधर राजधानीमा वैठक बसे । अब के गर्ने भन्ने नै मूल विषय थियो । बैठकमा  अमृत कुमार बोहरा, पोलिटब्युरो सदस्य अरुण नेपाल, नेता सुभाष कर्माचार्य, नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष झम्क नेपाल, जिल्ला सचिब एवं लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल, उपसचिब सूर्य लामा, मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल, बाह्रबिसे नगरपालिकाका नगरप्रमुख निमफुञ्जो शेर्पा उपस्थित थिए । त्यस्तै थाङपालधाप गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मो, बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री, त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ सहभागी थिए ।

सिन्धुपाल्चोकमा एमालेले १२ मध्ये ७ वटा स्थानीय तहमा विजयी हासिल गरेको थियो । जसमध्ये जुगल गाउँपालिकाका अध्यक्ष हेमनारायण श्रेष्ठ सुरूदेखि नै ओली गुटमै छन् । सिन्धुपाल्चोक जिल्ला माधव नेपालको नेपाल बलियो जिल्लाको रूपमा परिचित थियो । तर अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बनेसंगै माहोल एकाएक फेरिएको बताईन्छ । जिल्लामा नवौँ जिल्ला अधिवेशन निर्वाचित अध्यक्ष झम्क नेपाल सहितको ठूलो जिल्ला कमिटी सदस्य माधव गुटमा थिए ।

बैठकले निर्णय भने गरेन । सिद्धान्तको कुरामा निर्णय नभएको मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले बताए । ‘साथीहरुको कुरा सुनेका मात्रै हौ, हामी कता लाग्ने भन्नेमा छलफलमै छौं ।’ उनले सुनाए । टेलिफोनमा कुरा गर्दा मेयर अर्याल पन्छिएका थिए ।
उता त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष कमल नेपालले सबैको धारणा बुझेको मात्रै सुनाए । ‘सबै उपस्थितहरुले ओलीको एमालेमा रहनुपर्छ भन्ने कुरा गुर्नभएन,’ उनले भने, ‘कतिपयले विचारको मूल नेता माधव नेपाल भएकाले सोच्नुपर्ने समेत बताउनुभएको छ ।’ उनले समाचारमा आएजस्तो सबै ओलीपक्षको एमालेमा रहन अनिच्छुक रहेको समेत सुनाए ।
‘तर, सिन्धुपाल्चोकमा एकताको सन्देश दिनेमा सब राजी हुनुहुन्छ,’ उनले टेलिफोनमा भने, ‘यो प्रारम्भिक छलफल हो, धारणा बुझिएको हो । भोलि यसै भन्न सकिन्न ।’ उनले ओली पक्षधर नै मान्नपर्छ भन्ने नेताहरु नभएको पनि बताए ।
अधिकांश नेताले एकजुट हुनपर्नेमा जोड दिएको त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठले जानकारी दिए । ‘समसामयिक विषयमा छलफल भएको हो, पार्टी एकता प्रमुख थियो,’ उने सिन्धु खबरसँग टेलिफोनमा भने, ‘जनताको बहुदलीय जनवादमा रहनुपर्छ भन्नेमा केन्द्रीत भयो बैठक ।’
पहिला पार्टी फुट्दा सिपी, राधाकृष्ण मैनालीहरु ४२ प्रतिशत लिएर जानुभएको इतिहास भएको र सो कमजोर भएको हामीले देखेकाले मूलधारमा रहने र सिन्धुपाल्चोक एक हुने निष्कर्षमा पुगेको उनको भनाई छ ।
नेकपा एमालेका पोलिट्व्यूरो सदस्य एवं वाग्मती प्रदेशका पूर्व मन्त्रीसमेत रहेका नेता अरुण पौडेलले पार्टी फुटाउने भन्दा जुटाउनेमा एकमत हुनुपर्ने निष्कर्ष बैठकमा भएको बताए । ‘अहिले विभाजनमा जिल्लालाई प्रभाव पार्न सक्न नेताहरु एक जुट हुनपर्ने र त्यो नै महत्वपूर्ण हो ।’, उनको भनाई थियो, ‘एमाले हामीले बनााएका हौं, हामीले निर्माण गरेका हौं, जता हो एक हुनु जरुरी छ ।’ उनले एकै ठाउँमा रहनेमा शब्द फरक हुने तर सहमति अनि असहमति गाह्रो हुने तर्क राखे ।
बैठकमा उपस्थित अधिकांश नेताले सूर्य चिन्ह मानेर ओलीमै समाहित हुनसक्ने बारे असहमति भने राखेको बैठकमा रहेका नेताहरुले बताए ।
यसअघि केन्द्रीय नेताहरु अमृतकुमार बोहरा, अरुण नेपालसहित अधिकांश प्रदेशस्तर र जिल्लास्तरका नेताहरु नेपाल खेमामा खुलेका थिए । पूर्व साँसद सुभाष कर्माचार्यसहित जिल्ला अध्यक्ष झम्क नेपाल माधव निकट मानिन्छ ।
पहिले ओलीका खरो समर्थक मानिने प्रदेशस्तरका नेता सोम सापकोटा भने अहिले माधव पक्षमा खुलेर लागेका छन् । उनीसँगै राष्टिय सभा सदस्य सिंहबहादुर विक पनि माधवकै साथमा छन् ।
ओलीले संसद विगठन गर्दाताका जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ माधव समूहमै थिए ।
त्यतिबेला राष्टिय रुपमै चर्चा पाएको सिन्धुपाल्चोकमा जिल्ला, पालिका र वडास्तरसम्म रहेका जनप्रतिनिधि र पार्टी कमिटीका झन्डै ९० प्रतिशत नेता–कार्यकर्ता माधवतिर देखिएका थिए ।
बाह्रबिसे नगरपालिका मेयर–उपमेयर निम्फुञ्जो शेर्पा, सुशीला पाख्रिन, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष–उपाध्यक्ष भूपेन्द्र श्रेष्ठ, दुर्गा नेपाल, लिसंखुपाखरका अध्यक्ष कमल नेपाल, बलेफी गाउँपालिका अध्यक्ष–उपाध्यक्ष केदार क्षेत्री, कमला श्रेष्ठ, जुगलकी उपाध्यक्ष सिर्जना तामाङ, मेलम्ची नगरपालिका मेयर–उपमेयर डम्बरबहादुर अर्याल, भगवती नेपाल र पाँचपोखरी गाउँपालिका अध्यक्ष–उपाध्यक्ष टासी लामा र सुनिता अधिकारी माधव पक्षमा देखिएको भएपनि उनीहरु समेत अझै केही बोलेका छैनन् । जसमा चार वडाध्यक्ष मात्रै ओली समूहतिर त्यतिबेला देखिएको हो । १२ गाउँपालिकामा रहेको पार्टी कमिटी नेताहरु पनि ९० प्रतिशत जसो माधवतिर देखिएको थियो ।
यी सबै सम्मिलत बैठक राजधानीमा गरिएको हो । तर, सबै नेताले आ आफुनै विभारधारा राखेपछि को कता भन्ने अझै अन्यौल देखिने बैठकमा सहभागी एक नेताले बताए । बैठकमा वाग्मती प्रदेशका मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यको भूमिकाले प्रभाव परेको देखिएको दावी एक नेताको छ । स्रोत भन्छ, वैठकमा अमृत कमरेडले नै भन्नुभयो कि हाम्रा मूल नेता नेपाल हुन्, छाडुन गाह्रो हुन्छ ।
तर, समय अझै बाँकी छ ।
प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुका लागि अध्यादेशले भनेको छ, ‘राजनीतिक दल सम्बन्धी अध्यादेशले २१ दिनभित्र दल रोज्न पाउने व्यवस्था जनप्रतिनिधिलाई दिएको छ । प्रदेशका साँसद, स्थानीय तहका जनप्रतिनिधिले अध्यादेश अनुसार निर्माण भएका पार्टी रोज्न पाउनेछन् । र, २१ दिन भित्र नयाँ पार्टीमा गएका जनप्रतिनिधिको जागिर जाने छैन ।
अध्यादेशको दफा ३३ को उपदफा २ मा दल गठन हुनु भन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सदस्य वा स्थानीय तहका जनप्रतिनिधि नयाँ दल गठन भएको २१ दिन भित्र नयाँ दलमा प्रवेश गरेमा त्यस्ता सदस्यले दल त्याग गरेको मानिने छैन ।’


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!