शुक्रबार, असोज १, २०७८
गृहपृष्ठराजनीतिक्रियाशील सदस्यता खोज्दै सिन्धु–कांग्रेस

क्रियाशील सदस्यता खोज्दै सिन्धु–कांग्रेस


काठमाडौं । हिजो नेपाली कांग्रेसले निर्वाचन समितिलाई ३८ जिल्लाको क्रियाशील सदस्यता बुझायो । बाँकीको अझै विवाद छ । ३८ भित्र सिन्धुपाल्चोक अटेको छैन ।
कांग्रेसमा नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना र अनशन गरिरहेका छन् । आज सिन्धुपाल्चोकका सभापति विकाश लामासहित धर्ना बसिरहेका छन् ।
जिल्ला सभापतिहरूको रिले अनशनलाई केन्द्रीयस्तरका नेताहरूले पनि ऐक्यबद्धता जनाएका छन् । नेता रामचन्द्र पौडेल, गगन थापालगायत पार्टी कार्यालय पुगी उनीहरूको मागमा समर्थन जनाएका हुन् ।
नेपाली कांग्रेसको वडा तहको अधिवेशन सुरु हुन अब सात दिन मात्र बाँकी हुँदा पनि विवाद साम्य हुन सकेको छैन । कांग्रेसले जारी गरेको महाधिवेशन कार्यतालिकाअनुसार भदौ १८ गते वडा तहको अधिवेशन हुनेछ । सोही अधिवेशनले कांग्रेसमा भाग लिने महाधिवेशन प्रतिनिधिको टुंगो लाग्नेछ । तर, एकसाता मात्र बाँकी छँदा पनि कांग्रेसले क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न सकेको छैन ।
सिन्धुपाल्चोक सभापति लामाका अनुसार क्षेत्र नं. १ को ८ वटा वडाको क्रियाशील विवाद साम्य भएको छैन । छिट्टै क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै अनसन र धर्ना बसेको उनले सिन्धु खबरलाई बताए ।
कांग्रेसमा साढे नौ लाख क्रियाशील सदस्यको संख्या पुगेको  छ । त्यसमा पनि केही क्रियाशील सदस्यता वितरणमा संस्थापन पक्षले एकलौटी गरेको आरोप देउवामाथि लागेको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!