शुक्रबार, असोज १, २०७८
गृहपृष्ठराजनीतिअखिल (क्रान्तिकारी) ईन्द्रावतीमा दिपक

अखिल (क्रान्तिकारी) ईन्द्रावतीमा दिपक


भीमटार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) इन्द्रावती गाँउपालिकाको अध्यक्षमा दिपक दनुवार चयन भएका छन ।
अखिल क्रान्तिकारी इन्द्रावती गाँउपालिकाका आजको भेलाले अध्यक्षमा दनुवार सहित ३५ सदस्यीय गाँउ कमिटि गठन भएको अनेरास्ववियु क्रान्तिकारी का जिल्ला उपाध्यक्ष क्षितिज तामाङले जानकारी दिए।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री युवराज दुलाल शरदले शिक्षा क्षेत्रमा सरकारले पर्याप्त लगानि गर्नपर्नेमा जोड दिएका थिए । निशुल्क र गुणस्तिरिय शिक्षा प्रदान गर्न सकेमात्र देशको विकास हुने भन्दै शिक्षा क्षेत्रको विकास नै मुल विकास भएको दुलाल को दावी थियो । कार्यक्रममा नेता बिलबहादुर रायमाझि लगायत माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष नुन बहादुर सापकोटा (मनोज) सहित का नेता हरुको उपस्थिति थियो।
कार्यक्रम इन्द्रावती गाउँपालिका-७ सिपापोखरे स्थित राजेश्वरी मावीमा गरिएको थियो।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!