शुक्रबार, असोज १, २०७८
गृहपृष्ठराजनीतिभोलि केन्द्रीय कार्यालयमा सिन्धु कांग्रेस अनसन बस्ने

भोलि केन्द्रीय कार्यालयमा सिन्धु कांग्रेस अनसन बस्ने


काठमाण्डौंं । काग्रेस केन्द्रीय कार्यालयमा बुधबारबाट २४ घण्टे रिले अनसन सुरु गरेका कांग्रेस जिल्ला सभापतिहरुको अनसन भोलि सिन्धपाल्चोकको टोली बस्ने भएको छ । पार्टीभित्रको क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्ने लगायत तीन बुँदे माग राख्दै गरिएको अनसनमा भोलि (शुक्रबार) सिन्धुपाल्चोकका नेता कार्यकर्ता बस्ने भएका हुन् ।
सदस्यता विवरण सार्वजनिक नभएसम्म अनसन जारी रहने सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले जानकारी दिए । ‘भोलि (शुक्रबार) नेपाली कांग्रेस आस्था राख्ने सबै नेता तथा कार्यकर्ता केन्द्रीय कार्यालय सानेपामा आउन आग्रह गर्दछु,’ सभापति लामाले भने ।
कांग्रेसले वडा अधिवेशन भदौ १८ मा गर्ने भनेतापनि अहिलेसम्म क्रियाशील विवरण सार्वजनिक गर्न सकेको छैन।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!