शुक्रबार, असोज १, २०७८
गृहपृष्ठराजनीतिसिंहबहादुर विक माधव नेपाल क्याम्पमा

सिंहबहादुर विक माधव नेपाल क्याम्पमा


चौतारा । राष्टिय सभा सदस्य सिंहबहादुर विक माधवकुमार नेपाल नेतृत्वको (एकीकृत समाजवादी) पार्टीमा लागेका छन् । आज (बुधबार) उनीसँगै पार्टी दर्ता गर्न ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदले सनाखत गरेका छन् ।
स्थानीय निर्वाचनमा विक लिसंखुपाखर गाउँपालिका ७ को वडा सदस्यमा पराजित भएका थिए । माओवादी केन्द्रका उम्मेद्वारसँग पराजित विकलाई एमालेले राष्टिय सभा सदस्यको निर्वाचनमा उम्मेद्वार बनाएको थियो ।
वाम गठबन्धनका उम्मेदवार विक ६ हजार ८ सय ५८ मत ल्याएर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशरण नेपालीले २ हजार ५ सय ३८ मात्रै मत ल्याएका थिए ।
नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीका पूर्वसदस्य र सल्लाहकार समितिका सदस्य विकलाई एमालेले राष्ट्रियसभा सदस्यमा उम्मेदवार बनाएको थियो ।
जिल्ला समन्वय समितिमा लैजाने तयारीका साथ विकलाई वडा सदस्यमा उम्मेदवार बनाएको थियो । वडा सदस्यमा पराजित भए पनि विक अन्तत राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेर नेकपा माओवादी केन्द्रको समेत सहयोगमा निर्वाचित भए ।
बाह्रबिसेस्थित शारदा माविबाट कक्षा १० सम्म अध्ययन गरेका विकले १६ वर्ष हाल बन्द रहेको नेपाल ओरिएण्ट म्याग्नेसाइट लामोसाँघुमा काम गरेका थिए । विभिन्न सामजिक कार्यमा सक्रिय विक स्थानीय शान्ति समिति सिन्धुपाल्चोकको उपाध्यक्ष समेत भएका थिए ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

धेरै रुचाईएको
error: Content is protected !!