बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठराजनीतिसुल्टिएन सिन्धु कांग्रेसमा क्रियाशिल विवाद : क्षेत्र नं. १ का ८ वटा वडामा अलपत्र

सुल्टिएन सिन्धु कांग्रेसमा क्रियाशिल विवाद : क्षेत्र नं. १ का ८ वटा वडामा अलपत्र


चौतारा । नेपाली कांग्रेसको अधिवेशन नजिकिँदै छ । वडा अधिवेशन आउन दुई साता मात्रै बाँकी रहँदा पनि क्रियाशील विवाद अझै टुंगो लागेको छैन ।
अनेकन विवादकका बीच सिन्धुपाल्चोकको नयाँ क्रियाशील सदस्य केही हदमा टुंगियो । अघिल्ला अधिवेशनमा सदस्यता नपाएकाहरुमध्ये केहीले यो वर्ष पाए । र, थप नयाँ सदस्यतासमेत जारी भयो ।
तर, सिन्धुपाल्चोकमा समस्या अझै सुल्झिएन । क्षेत्र नं. १ को आठ वटा वडाको क्रियाशील विवाद अहिले सिन्धु कांग्रेसभित्र उत्कर्षमा छ । एक पक्षले दिनुपर्ने अडान राखेको छ भने अर्काे पक्ष दिनै नहुने दावी गर्दे आइरहेको छ ।
नेपाली कांग्रेसका जिल सभापति विकास लामाले ८ वटा वडाका करिब ५ सय ५० जति कांग्रेस शुभेच्छुक क्रियाशील पाउनबाट वञ्चित भएका छन् । पाउनुपर्नेले पनि नपाएको उनको तर्क छ ।
सिन्ध्ुपाल्चोक कांग्रेस राजनीतिमा गुटको खेल निकै पुरानो हो । त्यसैले एक पक्षले क्रियाशील सदस्य दिन नहुने अडान राखेको कांग्रेसकै नेताहरु बताउँछन् ।
यसैबीच, आज पौडेल पक्षीय जिल्ला सभापतिहरुले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएका छन् । क्रियाशील सदस्यता विवाद र यसबारेका अन्य प्रक्रिया तोकिएको समयमा नसकिएको र यसमा किन ढिलासुस्ती भइरहेको छ भन्दै उनीहरूले सभापति देउवाको ध्यानाकर्षण गराएका हुन् ।
’जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिको विधानसम्मत अधिकार खोसेर केन्द्रीय छानबिन समितिले उजुरी वा गुनासो सोझै केन्द्रमा पठाउन निर्देशन भएबमोजिम संकलित उजुरी÷गुनासोहरुको के कति संवोधन भयो, भएन वा हुँदैछ भन्ने कुराको कुनै जानकारी नगरिएका कारण क्रियाशील सदस्यताको विषयलाई लिएर सबै तहका साथीहरु यतिखेर अन्यौलग्रस्त, त्रसित, आतंकित र भयक्रान्त छन् । यस्तो मनोदशामा पार्टी सदस्यहरुलाई राख्नु भनेको पार्टी जीवनकै लागि स्वस्थकर होइन।’ ध्यानाकर्षण पत्रमा भनिएको छ।
उनीहरूले यथाशिघ्र क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न, निर्धारित मापदण्ड बमोजिम समस्याहरुको निराकरण गर्न तथा स्वच्छ, निष्पक्ष महाधिवेशन सुनिश्चित गर्न आग्रह पनि गरेका छन् । जिल्ला सभापतिहरुले उठाएका जायज आवाजमाथि पटकपटक उपेक्षा हुँदै आएकाले यसरी ध्यानाकर्षण पत्र बुझाइएको सिन्धुपाल्चोक कांग्रेसका जिल्ला सभापति बिकास लामाले बताए । ‘हामीले नैतिक वरिोध गरेका हौं,’ सभापति लामाले सिन्धुखबरसँग भने, ‘यदि कोही नेपाली कांग्रेस छ भने क्रियाशील सदस्यता पाउने उसको अधिकार हो ।’


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!