शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठराजनीतिहेलम्बु र मेलम्ची बाढीपीडितको राहत, उद्धार र पुनस्थापनामा लाग्न सिन्धु कांग्रेसको निर्देशन

हेलम्बु र मेलम्ची बाढीपीडितको राहत, उद्धार र पुनस्थापनामा लाग्न सिन्धु कांग्रेसको निर्देशन


चौतारा । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले विपदको समयमा राहत र उद्धारमा जुट्न आफ्ना सबै कार्यकर्तालाई निर्देशन दिएको छ ।

आज पार्टी सभापति विकास लामाले एक विज्ञप्ति निकाल्दै नेविसंघ, महिला संघ, तरुणदललगायत सबै भातृसंगठन र कांग्रेस नेता कार्यकर्तालाई विपदमा परेकाहरुको राहत, उद्धार र पुनस्थापनामा लाग्न निर्देशन दिएका हुन् ।

यस्तो दुखद घडीमा सिन्धुपाल्चोक कांग्रेसले राहत, उद्धार र पुनस्थापनाका लागि सरकारसँग माग गरेको छ ।

असार १ गते मेलम्ची र हेलम्बुमा आएको बाढीले ठुलो क्षति पुर्याएको छ । पुन साउन १६ गते आएकाने बाढीले थप क्षति गर्दै मेलम्ची बाहुनेपाटीलगायतका क्षेत्र उच्च जोखिममा छन् । राजधानी देखि मेलम्ची हेलम्बुको सडक सम्पर्क टुटेको छ । दर्जनौं घरहरु बगाएका छन् ।

साथै कांग्रेसले पीडामा रहेका हेलम्बु, मेलम्ची र पाँचपोखरी गाउापालिकालाई सहयोग गर्नपनि दाताहरुसँग अनुरोध गरेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!